साली-भेनाको अवैध सम्बन्ध हत्याको कारण
बुटवल : जिल्लाको गढीटोलमा भएको फिरोज खानको हत्यामा उनकी श्रीमतीकै संलग्नता भएको खुलेको छ।यही चैत्र १३ गते बेलुका बुटवल अटोभिलेजस्थित ग्यारेजमा काम गर्ने फिरोजखानको हत्या भएको थियो।
हत्यामा फिरोजकी श्रीमती साइना खातुन र साइनाका भिनाजु कादिर अन्सारीको संलग्नता रहेको प्रहरीको दाबी छ। फिरोजलाई कादिरले गोली प्रहार गरेका हुन्। घट्नापछि साइनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ। कादिर भने भारततर्फ फरार छन्।
साली भेनाबीच पहिलेदेखि नै अबैध सम्बन्ध रहेको र त्यसैका कारण हत्या भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताए। भारत विहारको बेतीया बस्ने साइनाका भिनाजु कादिर घट्ना हुने दिन बुटवल आएर सोही दिन फर्केको प्रहरी अनुसन्धानबाट देखिएको छ।'दिउँसो ३ बजे नवलपरासीको त्रिवेणी नाका हुँदै नेपाल प्रवेश गरेको र सोही रात १०-११ बजे नाकाबाट बाहिरिएको देखिएको छ।' एसपी थापाले भने, 'युपी लेखेको मोटरसाइकलबाट उनी आएका थिए।'
घट्नापछि फिरोजकी श्रीमती साइनामा पीडा नदेखिएको तथा आमा र बच्चाको बयान पनि बाझिएको उनले बताए। 'साइनाले घट्ना घटेको समयमा आफू र बच्चा सँगै भएको बताएको र बच्चाले आमा बाहिर रहेको बताएका छन्।साइनाका बच्चाले बुवा गोली लागेर ढले पनि आमाले चुक्कुल खोलेर बाहिर निकाल्यो भनेका छन्। एसपी थापाले भने, 'यो कुरा बाझियो, त्यसपछि हामीलाई शंका बढ्दै गयो।'
प्रहरीले साइना खातुनसँग मोबाइल फोन माग्यो। उनले मोबाइलको कल रेकर्ड डिलीट गरिसकेकी थिइन्।डिलिट गरेको कल रेकर्ड निकाल्दा कादिरको भन्ने खुलेको एसपी हृदय थापाले बताए।
उनले डिटेलमा साली-भेनाको सम्बन्ध हुने गरेको देखिएको बताए।कादिर खान भारतमा विभिन्न चोरी लगायतको घट्नामा पनि सजाय पाएको खुल्न आएको प्रहरीको भनाइ छ।
साइनाकी दिदी तथा कादिरकी श्रीमतीको मृत्यु भएको थियो। उनको मृत्युपछि सालीभेनाबीच सम्बन्ध बढेको थियो। यी दुईजना विवाह गर्न चाहान्थे।त्यसकै लागि फिरोजको हत्या भएको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !