सन्धिखर्कको वार्दीमा खेल मैदान निर्माण सुरु

सन्धिखर्कको वार्दीमा खेल मैदान निर्माण सुरु

सन्धिखर्क : अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ तुम्कोटको वार्दीमा खेल मैदान निर्माण हुने भएको छ। खेल मैदान निर्माण सुरु भएपछि खेल प्रेमी र खेलाडी हर्सित भएका छन।

खेल मैदानको प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे र सन्धिखर्क नगर प्रमुख कमलप्रसाद भुसालले  संयुक्त रूपमा शिलान्यास गरेका छन्।

नगरपालिकाले खेल मैदान निर्माणका लागि केही समय अगाडि ७५ लाखको टेन्डर आह्वान गरेको थियो। खुल्ला प्रतिस्पर्धाबाट अमर निर्माण सेवाको ४० लाखमा टेन्डर पारेपछि काम सुरु गरिएको हो।

प्रदेश सभा सदस्य घिमिरेले खेलकुदले नै राष्ट्रलाई विश्वमा चिनाउने भएकाले प्रदेश सरकराबाट एक निर्वाचन क्षेत्र एक खेल मैदानको कार्यक्रम अघि सारिएको बताए।

सन्धिखर्कमा राष्ट्रिय क्षेत्रीय स्तरका खेलकुद कार्यक्रम गर्नका लागि मैदानको अभाव रहेकोले बार्दीमा खेल मैदान निर्माण गर्न लागिएको नगर प्रमुख कमलप्रसाद भुसालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.