ट्याक्टर दुर्घटनामा चालक बेपत्ता
संखुवासभा : जिल्लाको मकालु गाउँपालिका-३, मिर्गेगौडामा ट्याक्टर दुर्घटना हुँदा चालक बेपत्ता भएका छन्। शुक्रबार बिहान ९:३० बजे स १ त ६५९२ नम्बरको ट्याक्टरका चालक २० वर्षीय सुरेन मगर दुर्घटनामा बेपत्ता भएका हुन्।
चौविसे गाउँपालिका-३ धनकुटाका मगरले अर्को गाडीलाई साइड दिने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।ट्याक्टर २ सय मिटरभन्दा तल खसेकाले सो स्थानमा पुग्ने बाटो नहुँदा उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोषकुमार राईले जानकारी दिए।
सडक भन्दा तल भीर रहेकाले बाटोको पहिचानमा स्थानीय र प्रहरी लागेको प्रहरी निरीक्षक राईले जानकारी दिए।सडकको काममा प्रयोग भएको ट्याक्टर समाटारबाट गोलातर्फ जाँदा दुर्घटना भएको पप्रहरीले जनाएको छ।
यसअघि सोही स्थानमा ट्याक्सी दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित पाँचजनाको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस !