भत्किएकै कारागार भवनमा पुस्तकालय स्थापना
डोल्पा : डोल्पाको जिल्ला कारागार भत्किएर जिर्ण भइसकेको छ । तै पनि यहाँ पुस्तकालय स्थापना गरियो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको पहलमा कर्णाली प्रदेशका कारागारहरुमा पुस्ताकलय स्थापना गर्ने अभियान अनुसार डोल्पा कारागारमा पनि पुस्तकालय स्थापना गरिएको हो ।
कारागारको पर्खाल, भवन लगायत भौतिक अवस्था भने जिर्ण भइसकेको छ । यही जिर्ण कारागराभित्रको एउटा साँघुरो र पुरानो कोठामा पुस्ताकलाय स्थापना गरी उद्घाटन गरिएको हो ।
जम्मा दुईवटा र्याकमा ४ सय ५० वटा विभिन्न लेखकका पुस्तक राखेर शनिबार नै लेखक अमर न्यौपाने र प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कारागारको पर्खाल भने भत्किएर सुरक्षा चुनौती थपिएको प्रहरीको गुनासो छ । गृहमन्त्रालय लगायत सबै निकायमा अनुरोध गरिए पनि मर्मत हुन नसकेकोले बताइन्छ ।
कारागारकै पुस्तकालयका लागि डिएसपी विष्टले काठमाडौंमा च्यारिटी सो गरेर करिव दुई सय किताब संकलन गरेका थिए । काठमाडौंमा जेष्ट आइडोलोजी हुउद्येश्यीय सहकारी सँस्थाले मात्रै १६ हजार बराबरको किताब सहयोग गरेको बताइएको छ । डोल्पा जिल्लामा ३१ जना कैदी छन् । डिएपी अवदेश विष्टले उनीहरु देशकै सबैभन्दा धेरै अनुशाशित रहेको दावी गरे ।
प्रतिक्रिया दिनुहोस !