आफ्नै पौरखमा विकास

आफ्नै पौरखमा विकास

प्यूठान : लिस्नुलाने पदमार्ग गोरेटो बाटो निर्माणमा गाउँमा बजेट परेपछि नौवहिनी गाउँपालिका-३ खवाङका स्थानीय उत्साहित भए। गाउँपालिकाले पदमार्ग निर्माणका लागि चारलाख रुपैयाँ बजेट विनियोजन गर्‍यो।गाउँकै नेरा प्राथमिक विद्यालयमा पुग्ने पैदल मार्ग समेत अप्ठ्यारो हुँदा पदमार्गका लागि बजेट विनियोजन गरिएको थियो।

सबै योजना उपभोक्ताबाटै संचालन गर्नुपर्ने गाउँपालिकाले नीतिगत निर्णय गरेपछि स्थानीय थप उत्साहित भए। पुस मसान्तभित्र योजना सम्झौता गर्ने अन्तिम समयसिमा तोकिएको थियो।तर, उपभोक्ताले मंसीरभित्रै सम्झौता गरी सबै प्रतिवेदन गाउँपालिकामा बुझाएर भुक्तानी समेत लिइसकेका छन्। '८५ घरधुरीले जनश्रमदान गरेका छौँ, उपभोक्ता समितिका सचिव शेर बहादुर पुनले भने,'गाउँलेले स्थानीय साधनको प्रयोग गरी पदमार्ग बनाएका छन्।'

कुटो, कोदाले, घन, हँसियालगायत सामग्री प्रयोग गरेर डेढ किलोमिटर पदमार्ग निर्माण गरिएको उनले बताए। गाउँलेले ५५ हजार रुपैयाँ बराबरको श्रमदान गरेका छन्।गत वर्षको यस अवधिमा गाउँपालिकामा योजना सम्झौता गर्न भ्याइनभ्याइ थियो। तर, यसपाली भुक्तानी लिन उपभोक्ताको घुँइचो लागेको छ। गाउँपालिकाले सबै योजना संचालन गर्न उपभोक्तलाई जिम्मा दिएको छ। श्रम गरेर उचित ज्याला पाइने भएपछि उपभोक्ता हौसिएर योजना सम्पन्न गर्न लागेका छन्।

दक्ष ज्यामीलाई ८ सय २० र अदक्षलाई ५ सय ८५ रुपैयाँ ज्याला तोकिएको छ। यही दररेटमा इच्छुक भएर उपभोक्ताले गाउँमा आएको विकास आफ्नै पौरखले गरेका छन्। खवाङकै मठधारा-पुतलीवाङ सडक निर्माणका लागि विनियोजित ९ लाख रुपैयाँ काम उपभोक्ताबाटै सम्पन्न भयो। निर्धारित समयमै काम सकेर भुक्तानी लिइसकेको उपभोक्ता समिति अध्यक्ष जालिम गिरीले जानकारी दिए।

गाउँपालिकामा रहेका सबै योजना यसवर्ष उपभोक्ता समितिमार्फत संचालन भएका छन्। न्यूनतम २० हजारदेखि अधिकतम २६ लाख रुपैयाँसम्मका योजनाको काम उपभोक्ताकै नेतृत्वमा भएको प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताए। 'पोहोरसाल यस समयमा सम्झौता गर्नमै अलमल थियौँ, उनले भने, 'यसपाली भुक्तानी लिन उपभोक्ताको भीड लागेको छ।'

चालु आर्थिक वर्षको सुरुवातमै उपभोक्तालाई योजना सम्झौता, संचालन र भुक्तानी प्रक्रियाको विषयमा अभिमुखीकरण गराएकाले कार्य सम्पादनमा सहजता आएको उनको अनुभव छ। बैशाखसम्म पुरै योजनाको भुक्तानी गरिसक्ने तयारी भइरहेको उनले सुनाए। 

चालु आर्थिक वर्षमा विकास निर्माणका लागि विनियोजित ९ करोड ६१ लाख रुपैयाँ बराबरको काम उपभोक्ताले गरेका छन् । हालसम्म भौतिक प्रगती करिब ९० प्रतिशत र वित्तिय प्रगती ५० प्रतिशतसम्म पुगिसकेको लेखापाल टंकबहादुर पुनले जानकारी दिए।

योजना संचालनका लागि ८ वटै वडामा गरी १ सय ७७ वटा उपभोक्ता समिति गठन भएका छन्। स्थलगत योजना अनुगमनको काम करिब सकिन थालेको जनप्रतिनिधिले बताए।

९ बहिनीसहित जिल्लाका मल्लरानी र झिमरुक गाउँपालिकामा समेत योजना उपभोक्ताले संचालन गरेका छन्। उपभोक्तालाई सुरुमै अभिमुखीकरण गराउनसके काम छिटो छरितो हुने झिमरुक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुषालले अनुभव सुनाए। 'उपभोक्तालाई नजिकबाट चिन्न सकिन्छ, उनले भने,'कागजपत्रको काममा बाहेक अन्यमा सजिलै भएको छ।'

स्थलगत अनुगमन बीना भुक्तानीको कामलाई अघि नबढाइएको उनले सुनाए। कतिपय उपभोक्ताले स्टिमेटमा तोकिएको भन्दा धेरै काम गरेको समेत उनले अनुभव बताए। आफ्नो गाउँको विकास आफै प्रत्यक्ष संलग्न भएर सम्पन्न गर्न पाएपछि स्थानीले सरकार आएको गर्न थालेको प्रतिक्रिया दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.