तातोपानीमा भीड

तातोपानीमा भीड

डोल्पा : चैतमा तातोपानीको कुण्डमा नुहाए रोग निको हुने विश्वासका कारण डोल्पामा स्थानीयको भीड लागेको छ। जमिन मुनिबाट प्राकृतिक रुपमा निस्किएको तातोपानीमा चैत १५ देखि २५ गतेभित्र नुहाए सबै रोग निको हुने जनविश्वास छ। यही जनविश्वासका कारण काइके गाउँपालिकास्थित शहरतारास्थित तातोपानी कुण्डमा नुहाउन रुपागाढ, शहरतारा र गारापानीका बासिन्दाको भीड लागेको छ।

डोल्पा सदुरमुकाम दुनैबाट करिव ६ किलोमिटरको दुरीमा रहेको रुपगाड तातोपानी सबभन्दा धेरैको रोजाइमा पर्ने गरेको छ। तातोपानीको मुहान नजिक त्रिपाल टाँगेर वा आसपासको ओडारमा दुई÷तिन दिनसम्म बसेर नुहाउने गरेका छन्। दैनिक एकसय भन्दा धेरैले कुण्डमा नुहाउने गरेको त्रिपुरासुन्दरी नगरपालिका–२ का अध्यक्ष नन्दबहादुर थापाले जानकारी दिए। ‘हाडजोर्नीसम्बन्धी समस्या भएकाले यस कुण्डमा नुहाए निको हुने जनविश्वास रहेकाले टाढा–टाढाबाट नुहाउन आउने गरेका छन्’, उनले भने।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेकाले प्रदेश सरकाले पनि यसको संरक्षणमा चासो दिएको छ। उद्योग, पर्यटन वन तथा बवातावरण मन्त्रालयको करिव १७ लाख रुपैयाँ लागतमा रुपगाड तातोपानी कुण्ड व्यवस्थीत गर्न दुई वटा कुण्ड र दुई कोठाको शौचालय, पुल निर्माण तथा बाटो मर्मत भएको छ। मन्त्रालयका इन्जिनियर बादल बुढामगरले पर्यटकको रोजाइमा परेकाले तत्कालीन सहजताका लागि १७ लाख खर्च गरिएको जानकारी दिए। अर्को आर्थिक वर्षको बजेटमा धर्मशाला र त्यहाँसम्म पुग्ने बाटो चौडा गरिने उनले बताए।

प्रदेश सरकारले मर्मत गरे पनि भीरको बाटो भएर तातोपानी कुण्ड जानुपर्ने भएकाले बालबालिका र जेष्ठ नागरिकका लागि कठिनाई भएको स्थानीय सुमन थापाले बताए। हरेक वर्ष मंसीर र चैतमा तातोपानीमा नुहाउनेको भीड हुने गर्छ। तर अप्ठ्यारो बाटो, धर्मशालाको अभाव एवं अन्य विभिन्न कारणले शारीरिक रुपमा कमजोर हुनेहरु सहजै त्यहाँ पुग्न सक्दैनन्।

मुहान संरक्षण नहुँदा काइके गाउँपालिकास्थित शहरतारामा रहेको तातोपानी कुण्ड समस्यामा परेको स्थानीयको भनाइ छ। जोखिमपूर्ण बाटो र बास बस्ने व्यवस्था नभएकाले त्रिपाल र ओडारमा बसेर घरबाट लगेका खानेकुरा खाएर नुहाउनु पर्ने बाध्यता छ। डोल्पाका साथै छिमेकी जिल्ला रुकुम, जाजरकोटका बासिन्दा पनि रुपगाड तातोपानीमा नुहाउन आउने गरेको स्थानीयको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.