बारा र पर्सामा ५१ करोड ७९ लाख रुपैयाँको क्षति

बारा र पर्सामा ५१ करोड ७९ लाख रुपैयाँको क्षति

काठमाडौं : बारा र पर्सामा आएको हुरीबाट करिब ५१ करोडको क्षति भएको छ। कृषि तथा पशुपंछी विकास मन्त्रालयद्वारा बिहिबार सार्वजनिक तथ्यांकले ५० करोड ७९ लाख ३२ हजार ७०० रुपैयाँ बराबर क्षति भएको हो।

मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ तथा उपसचिब गंगा आचार्यकाअनुसार चैत १७ गते आएको हुरीबाट कृषिको बालीतर्फ ५० करोड तीन लाख ४९ हजार ७०० रुपैयाँ र पशुपन्छीतर्फ ७५ लाख ८३ हजार रुपैयाँ बराबर क्षति भएको हो।

हुरीबाट बारा र पर्सा जिल्लाको १० नगरपालिका–गाउँपालिकाको २२ वटा वडाका किसानले कृषिबाली तथा पशुपन्छीतर्फ क्षति व्यहोरेका थिए। जसअनुसार बाराको कलैंया उपमहानगरपालिका-१२ र १८, फेटा गाउँपालिका-१,६ र ७, सुवर्ण गाउँपालिका-१,४,५ र ८, प्रसौंनी गाउँपालिका-४, महागढीमाई नगरपालिका-७, देवताल गाउँपालिका-७, पचरौंता नगरपालिका-२ र ७ र परवानीपुर गाउँपालिका-४ का किसानले कृषि तथा पशुपन्छीतर्फ क्षति व्यहोरेका हुन्।

त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका-१८ र २२ तथा वौद्दारमाई नगरपालिका-४ का किसानले क्षति व्यहोरे।मन्त्रालयको प्रतिवेदनअनुसार हुरीबाट बारामा नौं सय ३६ घर र पर्सामा १२२ घर गरी एक हजार ५५८ घर पूर्ण रुपमा क्षति भएको छ।

त्यस्तै आंशिक रुपमा बारामा ९५५ र पर्सामा ३८७ वटा क्षति भएको छ। हुरीका कारण ११ जना महिला, १० पुरुष र ६ जना वालवालिकाले ज्यान गुमाएका थिए। बारा र पर्सामा गरी चार हजार पाँच सय ५२ हेक्टरको बाली (गहुँ, मकैं, दाल, तरकारी र फलफूल) मा क्षति पुगेको छ। यसमध्ये एक हजार चार सय ३५ हेक्टरको पूर्ण रुपमा र तीन हजार एक सय १६ हेक्टरको वाली आंशिक रुपमा क्षति भएको छ।

जिल्लागत रुपमा बारामा एक हजार ९६ हेक्टरको बाली र  पर्साको तीन सय ३९ हेक्टरको बाली पूर्ण रुपमा नष्ट भएको छ भने आंशिक रुपमा बारातर्फ एक हजार सात सय २८ हेक्टर र पर्सातर्फ एक हजार तीन सय ८८ हेक्टरको वाली नष्ट भएको छ।

मन्त्रालय अनुसार बारा र पर्सामा वच्चासहित एक सय १४ बाख्रा र खसी, १४ गाई र ३० भैंसी, १० हजार कुखुरा र तीन सय २६ हाँस हुरीका कारण मारिएका थिए। त्यस्तै एक सय ८२ बाख्रा र खसी, २९ गाई, ७३ भैंसी र १२ वच्चा घाइते भएका थिए।

कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले हुरीबाट पीडित बनेका किसान परिवारलाई दीर्घकालिन  रुपका जिविकोपार्जनका लागि पुनस्थापनाका प्याकेज ल्याउने गृहकार्य गरिरहेको जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.