नयाँ वर्ष, नयाँ उमंग, नयाँ संकल्प

नयाँ वर्ष, नयाँ उमंग, नयाँ संकल्प

भाइबहिनीहरू, २०७५ साल बिदा भएर २०७६ साल सुरु भइसकेको छ। नयाँ वर्षमा नयाँ कक्षा। नयाँ किताब कापी, अनि नयाँ साथीभाइ। यस्ता धेरै रमाइला पलहरू सम्झिएर तिमीहरूका मनमा पनि उत्साह जागेको होला। तिमीहरू एउटा कक्षा सकाएर अर्कोमा जाने तयारीमा छौं। त्यसैले कतिपयको लामो बिदा सकिएकै छैन होला। यस दिन सार्वजनिक बिदा भएकाले घरका अरू सदस्यको पनि छुट्टी नै हुन्छ।

परिवारका सदस्य, आफन्त र साथीभाइबीच शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष सुरु गरिन्छ। नेपालमा विक्रम संवत् मान्नेहरूले वैशाख १ लाई नयाँ वर्षको रूपमा मनाए पनि अन्य केही जातिले अरू नै दिनलाई नयाँ वर्षको रूपमा मनाउँछन्।

नेपाल संवतविक्रम संवत्को कात्र्तिक शुक्ल पक्षको दिनमा नेपाल संवत् पर्छ। यो ११३३ वर्ष पहिले भक्तपुरका राजा राघव देवले चलाएका हुन्। यस दिनलाई विशेषत नेवार समुदायले न्युदँ अर्थात् नयाँ वर्षको रूपमा मनाउने गर्छन्।

ल्होछार

ल्होछार शब्दमा ल्होको अर्थ वर्ष र छारको अर्थ नयाँ भन्ने हुन्छ। ल्होछार तामाङ, शेर्पा, गुरुङ, थकालीलगायतका जातिले नयाँ वर्षको आरम्भको रूपमा मनाउने गर्छन्। ईस्वी संवतईस्वी संवत् क्रिश्चियन क्यालेन्डरमा आधारित साल हो। यसमा जनवरी १ का दिनमा नयाँ वर्षको सुरु हुन्छ। यस दिनलाई विशेषगरी क्रिश्चियन धर्मावलम्बीहरूले मनाउने गर्छन्। हिजोआज विश्वका धेरै देशमा यस दिनलाई नयाँ वर्षको रूपमा मनाउने चलन बढेको छ।

भाइबहिनीहरू, यसरी विभिन्न जातिले आफ्नो धर्मअनुसार फरकफरक दिन नयाँ वर्ष मनाए पनि यस दिन सबैको उद्देश्य रमाइलो गर्नु नै हुन्छ। सबै मिलेर आफ्नो आस्था अनुसारको धार्मिकस्थल र अन्य रमाइला ठाउँमा घुम्ने अनि मीठा परिकार खाने गरिन्छ। कोही फिल्म हेरेर मनोरञ्जन प्राप्त गर्छन् भने कोही वनभोजमा रमाउँछन्।

त्यसैले नयाँ वर्षको उमंगसँगै हामीले पनि पुराना गल्तीहरूलाई नदोहोर्‍याउने प्रण गर्नुपर्छ। नयाँ जोस र जाँगरका साथ पढाइ, खेलकुद र अन्य राम्रा गतिविधिमा लाग्ने संकल्प गरे २०७६ साललाई सफल वर्ष बनाउन सकिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.