६ वर्षकै उमेरमा एमबाप्पे उत्कृष्ट

६ वर्षकै उमेरमा एमबाप्पे उत्कृष्ट

रुसमा भएको पछिल्लो विश्वकपमा फ्रान्सका १९ वर्षीय किशोर खेलाडी कालियन एमबाप्पे फुटबलमा नयाँ नायकका रूपमा उदाए। फुटबलका महान् खेलाडी पेलेझैं झल्को दिने खेल पस्किएका थिए उनले। विश्वकपमा लियोनल मेस्सी रहेको टिम अर्जेन्टिनाविरुद्ध दुई गोल गरेपछि उनको चर्चा चुलिएको थियो। फुटबलको इतिहासमा सबैभन्दा कम उमेरमा विश्वकपमा गोल गर्ने खेलाडी बनेर एमबाप्पे सम्पूर्ण दर्शकको मनमस्तिष्कमा बसिसकेका छन्।

पीएसजी क्लबमा पनि उनी लोभलाग्दो खेल खेलिरहेका छन्। पीएसजी क्लबका शीर्ष खेलाडी नेयमारपछि उनले गोलसंख्या थपिरहेका छन्। उनका बुवा क्यामरुनका हुन् भने आमा अल्जेरियाकी। उनका बुवा फुटबल प्रशिक्षक हुन् र आमा ह्यान्डबलकी खेलाडी। घरभित्रै फुटबल प्रशिक्षक पाएपछि सानैमा उनको खेल प्रतिभा निखारियो।

एमबाप्पे आफू क्रिस्टियानो रोनाल्डोको फ्यान भएको बताउँछन्। भविष्यमा रोनाल्डोजस्तै स्टार खेलाडी बन्ने उनको सपना साकार हुँदै छ। उनले फ्रान्सका लागि सन् २०१७ मार्चमा डेब्यु गरेका थिए। पेलेले सन् १९५८ को विश्वकपमा १८ वर्षको उमेरमा स्विडेनविरुद्ध एक्लैले दुई गोल गरेका थिए। यसको ६ दशकसम्म कुनै पनि किशोर खेलाडीले विश्वकपको एकै खेलमा दुई गोल गरेका थिएनन्। उक्त कीर्तिमानलाई एमबाप्पेले ६० वर्षपछि बराबरी गरे।

फ्रान्सले सन् १९९८ को विश्वकप जितेको ठीक ६ महिनापछि एमबाप्पेको जन्म भएको थियो। उनी फुटबलका यति क्रेजी थिए कि ६ वर्षको उमेरमा फ्रान्सकै उत्कृष्ट बाल फुटबल खेलाडी बनिसकेका थिए।

सन् १९९८ डिसेम्बर २० मा जन्मिएका एमबाप्पेको पूरा नाम लोटिन किलियन एमबाप्पे हो। सानै उमेरबाट फुटबल खेल्न थालेका उनी एएस बोन्डीको युथ एकेडेमीका उत्पादन हुन्। त्यसपछि आईएनएफ क्लारेफोन्टेन हुँदै मोनाको पुगेका उनले १७ वर्षको उमेरमै मोनाकोको सिनियर टिमबाट डेब्यु गरे।

फ्रान्सले सन् १९९८ को विश्वकप जितेको ठीक ६ महिनापछि उनको जन्म भएको थियो। उनी फुटबलका कति क्रेजी थिए भने ६ वर्षको उमेरमा उनी फ्रान्सकै उत्कृष्ट बाल फुटबल खेलाडी बनिसकेका थिए। फ्रेन्च फुटबल फेडेरेसनले त्यति बेला नै उनको प्रतिभा चिनिसकेको थियो। ६ वर्षको उमेरमा उनी फ्रान्सकै उत्कृष्ट बाल फुटबल खेलाडी बनिसकेका थिए।

सन् २०१६–१७ को सिजन मोनाकोलाई उपाधि जिताउन महŒवपूर्ण भूमिका खेलेपछि उनलाई पीएसजीले कीर्तिमानी रकम तिर्ने सम्झौता गर्दै लोनमा भिœयाएको थियो। विश्वकै दोस्रो महँगो खेलाडी भए पनि उनी उदार दिलका छन्। उनलाई देशको प्रतिनिधित्व गरेर खेल्दा पैसा लिन हुँदैन भन्ने महसुस हुन्छ। त्यसैले उनले आफूले फ्रान्सको जर्सी लगाएर खेल्दा पाउने सबै रकम अपांग बालबालिकाका लागि दान दिने बताएका छन्।

एमबाप्पेले विश्वकपका खेलमा प्रतिखेल बराबर १७ हजार पाउन्ड पाएका थिए। उनले आफूले प्राप्त गर्ने रकम र बोनस अपांग बालबालिकाको क्षेत्रमा काम गर्ने च्यारिटी संस्था प्रायर्स डे कोर्डेस एसोसिएसनलाई प्रदान गर्ने घोषणा गरे। यसले बालबालिकाप्रति उनको उदारता देखिन्छ।

एमबाप्पेको खेलकौशल हेरेर धेरै युरो क्लबले उनीमाथि आँखा लगाउँदै आएका छन्। रियल म्याड्रिडले उनलाई भित्र्याउने प्रयास गरेको थियो। तर, उनी रियलको प्रस्ताव अस्वीकार गर्दै मोनाकोबाट आफ्नो बाल्यकालको क्लब पीएसजी गए। प्रभावशाली प्रदर्शन गर्दै आएका एमबाप्पेलाई रोनाल्डोलाई प्रतिस्थापन गर्नसक्ने खेलाडीका रूपमा हेर्न थालिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.