कोशीका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि कुटपिट, दुई जना पक्राउ

कोशीका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि कुटपिट, दुई जना पक्राउ
सुन्नुहोस्

झापा : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि कुटपिट भएको छ। कुटपिटबाट नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका थापाको देब्रे आँखाको माथिल्लो भागमा चोट लागेको छ। बिर्तासिटी हस्पिटल बिर्तामोडमा उपचारपश्चात् हालः उनी घर फर्किसकेका छन्। 

 
नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किँदै गर्दा शनिबार साँझ करिब ६ बजे कनकाई नगरपालिकास्थित जामुनबारी चोकमा उनीमाथि कुटपिट भएको हो। बा१झ ६५३ नम्बरको गाडीमा बिर्तामोड घर फर्किँदै गरेका थापामाथि बा१झ १८७० नम्बरको विद्युत् प्राधिकरण सुरुङ्गाको गाडीमा सवार कर्मचारीहरूले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। 

विद्युत् कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गरेको विषयमा विवाद भएको थियो। सोही क्रममा उनीहरूले थापामाथि कुटपिट गरेको हो। यता पक्राउ पर्नेहरूमा कर्मचारीहरू शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको डीएसपी चन्दले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.