चार दलित बालबालिकाका अभिभावक बने नगर प्रमुख

चार दलित बालबालिकाका अभिभावक बने नगर प्रमुख

जाजरकोट : भेरीनगरपालिकाका प्रमुख चन्द्रप्रकास घर्तीले ४ जना दलित बालबालिकाको अध्यापन खर्च जुटाउने गरी अभिभावकत्व ग्रहण गरेका छन्। भेरी नगरपालिका- ६ का मुसे कामी र गंगा विक कक्षा २ तथा सोही ठाउँका अमर विक र कल्पना विकलाई कक्षा ६ मा भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका हुन्। 

स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा ती बालबालिकालाई नगरप्रमुख घर्तीले पढ्न लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने गरी अभिभावकत्व लिएका हुन्। 1० कक्षासम्म पढ्दा लाग्ने शुल्क, कापी, किताब, पोशाकलगायतका स्टेसनरी सबै आफूले निजी खर्चबाट व्यहोर्ने नगरप्रमुख घर्तीले बताए।

 'घरको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेका दलित परिवारका ती बालबालिकाको उज्वल भविश्यका लागि पढाइ खर्च व्यहोरेको हुँ, नगरप्रमुख घर्तीले भने, 'आर्थिक समस्याका कारण पढाइ खर्च जुटाउन समस्या भएको जानकारी पाएपछि मैले अभिभावकत्व ग्रहण गर्ने निर्णय गरेको हुँ।' पढाउने जिम्मा लिएपछि ती बालबालिकाका अभिभावकले समेत खुसी व्यक्त गर्दै नगरप्रमुखलाई धन्यवाद दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.