निजी क्षेत्रलाई अर्थमन्त्रीको आश्वासन : ढुक्क हुनुस्, बजेटले सम्बोधन गर्छ

निजी क्षेत्रलाई अर्थमन्त्रीको आश्वासन : ढुक्क हुनुस्, बजेटले सम्बोधन गर्छ

वीरगन्ज : संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/०७७ निजी क्षेत्रका लागि खुसीको वर्ष हुने दावी गरेका छन् ।

वीरगन्जमा बिहीबार साँझ अर्थ मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेट, राजस्व, नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

निजी क्षेत्रलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले भने, ‘तपाईँहरु ढुक्क हुनुस्, निजी क्षेत्रका समस्याहरु बुँदागत रुपमा नभइ सामूहिक रुपमा बजेटले सम्बोधन गर्छ ।’ सडक र औद्योगिक क्षेत्र दुवै एक अर्काको परिपूरक रहेको पनि उनको भनाइ थियो । वीरगंज–पथलैया औद्योगिक क्षेत्रलाई औद्योगिक कोरीडोर बनाउने उद्देश्यले नै ६ लेनको व्यपारिक मार्ग निर्माण भइरहेको उनले बताएका थिए । साथै यस क्षेत्रमा अब मानवबस्तीको विकास नगरिदिन पनि निजी क्षेत्रलाई उनले आग्रह गरे ।

सिमरा विमानस्थलको स्तरोन्नतिको लागि आगामी बजेटले सम्बोधन गर्ने पनि अर्थमन्त्री खतिवडाले जानकारी गराए । यस्तै कर प्रणालीलाई सहज र सरल बनाउन प्रक्रिया सुरु गरिसकिएको पनि उनले बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष किशोरकुमार उपाध्याय, प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, व्यापारी तथा उद्योगी गणेश लाठ, जगदीश अग्रवाल, बाबुलाल चाचान, माधव राजपाल, सुवोध गुप्ता लगायतले धारणा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.