संविधान विरोधी समूहलाई निस्तेज पार्छौ : गृहमन्त्री

संविधान विरोधी समूहलाई निस्तेज पार्छौ : गृहमन्त्री

जनकपुरधाम : गृहमन्त्री रामबहादुर थापा 'बादल'ले राज्य र संविधान विरोधी समूहहरु निस्तेज र नियन्त्रित गर्ने सरकारको नीति रहेको बताएका छन्। संविधान विरोधी समूहहरुलाई मूलधारमा ल्याउने र देशको शान्ति स्थायीत्वलाई सुदृढ गर्ने कुरामा सरकार लागिरहेको उनले बताए।

गृहमन्त्रालयद्धारा जनकपुरमा आयोजित प्रदेश २ स्तरीय दुई दिने सुरक्षा गोष्ठीमा सहभागि भएका गृहमन्त्री थापाले सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो बताएका हुन्। उनले भने, ‘स्वतन्त्र मधेसको नारा लिएर अगाडि बढिरहेको एक समूहले मूलधारमा आएर राष्ट्रिय एकतालाई सुदृढ गर्नेमा प्रतिबद्धता व्यक्त गरेका छन् ।’

देशमा अस्थिरता कायम गर्ने,अशान्ति गर्ने र राज्य तथा संविधान विरोधी समूहहरुलाई एकातर्फ नियन्त्रण गर्ने र अर्कोतर्फ शान्तिपूर्ण ढंगले समस्यालाई समाधान गर्न त्यस्ता समूहलाई वार्ताका लागि आह्वान गरिएको मन्त्री थापाको भनाई थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.