अध्यागमन उद्घाटन गर्दै गृहमन्त्रीले भने-पर्यटन विकासको ढोका खुल्यो

अध्यागमन उद्घाटन गर्दै गृहमन्त्रीले भने-पर्यटन विकासको ढोका खुल्यो

इलाम : सुर्योदय नगरपालिकाको पशुपतिनगरमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले अध्यागमन कार्यालयको उद्घाटन गरेका छन्। अध्यागमन कार्यालयको उद्घाटनसँगै आइतबार गृहमन्त्री थापाले यस क्षेत्रमा पर्यटन विकासको ढोका खुलेको समेत बताएका हुन्।

नेपाल–भारत सिमावर्ती पशुपतिनगर नाकामा दशकौंदेखि स्थानीयले अध्यागमनको माग गर्दै आएका थिए। कार्यालय खुलेपछि सीमा व्यवस्थापनमा सहयोग पुग्ने अध्यागमन विभागका महानिर्देशक इश्वरराज पौड्यालले बताए। 

कार्यालयले पर्यटकलाई ९० दिन सम्मको भिषा दिने अधिकार रहने पौड्यालले बताए। आठ जना कर्मचारीको दरबन्दी रहेका कार्यालयमा अहिले ३ जना कार्यरत रहको अध्यागमन अधिकृत रामचन्द्र काफ्लेले बताए। 

नेपालले अध्यागमन कार्यालय स्थापना गरेपनि भारतले अध्यागमन कार्यालय स्थापना नगरेसम्म प्रभावकारी काम नहुने भन्दै सुर्योदय नगरपालिकाका मेयर रण बहादुर राईले भारततर्फ अध्यागमन कार्यालय राख्न पहल गर्न गृहमन्त्रीलाई आग्रह गरे। 

अध्यागमन कार्यालय मेची पहाडी पर्यटन प्रवद्र्धन समितिले निर्माण गरेको पर्यटन सूचना केन्द्रमा स्थापना गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.