तीन सातापछि ताँजाकोटमा पुगे डाक्टर

तीन सातापछि ताँजाकोटमा पुगे डाक्टर

सुर्खेत : मौसमी फ्लुबाट बिरामीको मृत्यु हुन थालेको ३ सातापछि हुम्लाको ताँजाकोट गाउँपालिकामा डाक्टर पुगेका छन्। सामान्य ज्वरोबाट सुरु भएको रोगले ३ सातामा ९ जनाको मृत्यु भएको छ। रोगले गाउँ नै थला परेको तीन सातापछि आइतबार प्रभावित क्षेत्रमा औषधि बोकेर डाक्टर पुगेका छन्।

गाउँ नै संक्रमणको चपेटामा आएको जानकारी शनिबार मात्र पाएको प्रदेश सरकारले आइतबार प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत डाक्टर र औषधि पुर्‍याएको छ। आइतबार बिहान १० बजेतिर प्रदेश अस्पतालका चिकित्सक पुगेसँगै उपचार सुरु भएको छ। गाउँपालिकाको वडा नम्बार २ मा रहेको महिला स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरेर बिरामीको परीक्षण गरिएको छ। चेकजाँचका क्रममा सिकिस्त बिरामी नभेटिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

‘आज हामीले १ सय ३२ जनाको जाँच गर्‍यौं, अधिकांश सिरियस त छैनन्, तर ज्वरोको प्रभावमा भने छन्’, प्रदेश अस्पतालबाट गएको टोलीका प्रमुख डा. केएन पौडेलले भने। आइतबार जाँच गरिएका २ र ३ नम्बरका ३५ प्रतिशत बिरामी रुघाखोकी र बाँकी अन्य विभिन्न प्रकारका बिरामी भेटिएका छन्। ‘एकैपटक यति धेरै मानिस मर्दा स्वाइन फ्लुको संक्रमणको आशंकामा अनुसन्धान गरिरहेका छौं। भोलि हामी परीक्षणका लागि खकार प्रयोगशालामा पठाउँछौं’, उनले भने, ‘तर अधिकांश बिरामी आत्तिएका र डराएका छन्, स्वास्थ्य संस्थामा औषधि पनि रहेनछ। हामीले आवश्यक औषधी सबै साथमा ल्याएका छौं।’

उपचार गर्न आएका केही बिरामी आत्तिएर परीक्षण नै नगरी फर्किएका छन्। जनप्रतिनिधि र स्थानीयसँग बुझ्दा गाउँलेले नै सामान्य ज्वरोका रूपमा लिएकाले भाइरलको स्थितिमा पुगेको डा. पौडेलले बताए। ‘हामीले यहाँ बुझ्यौं, गत वर्ष पनि यस्तै ज्वरोले गाउँ नै संक्रमित भएको रहेछ। त्यसबेला कसैको ज्यान गएन’, उनले भने, ‘अहिले पनि पहिला एक/दुई बुढाबुढी मर्दा कालगतिले हो भन्ने सोच्दा कसैलाई खबर नगरेको पाइयो। गाउँ नै थला परेपछि मात्रै गाउँपालिकामा खबर भएछ।’

धेरै बिरामी वडा नम्बर १ मा भएकाले चिकित्सक टोली विभाजन गरेर सोमबार पनि उपचार गरिनेछ। डा. केएन पौडेल, डा. केशव अधिकारी र डा. टेकराज भट्टराईसहित ४ जना स्वास्थ्यकर्मी प्रदेश अस्पतालबाट गएका छन् भने जिल्लाका केही स्वास्थ्यकर्मी पनि पुगेका छन्। फ्लुबाट सर्वाधिक प्रभावित वडा नम्बर १ मा डा. पौडेल आफैं जाने भएका छन्। यस्तै २ र ३ नम्बर वडाका बिरामीलाई स्वास्थ्य चौकीमै जाँच गरिने तथा ४ नम्बरमा एक डाक्टरसहित अन्य स्वास्थ्यकर्मीको टोली खटिनेछ।

स्वास्थ्य चौकीका अहेब तथा स्थानीय मोतीलाल जैसीले चिकित्सकको उपस्थितिपछि बिरामीमा बाँच्ने आस पलाएको बताए। तर केही बिरामी भने आइतबार नै आत्तिएर घर फर्किएकाले सोमबार उनीहरूकै क्षेत्रमा उपचार गर्ने योजना बनाइएको उनको भनाइ छ। उनका अनुसार यसअघि सामान्य रुघाखोकी र ज्वरोले गाउँ नै प्रभावित भए पनि कसैको ज्यान गएको थिए। आफूहरूले पनि ढिलो जानकारी पाएकाले नै प्रदेशमा उपचार टोली माग गर्न ढिलाइ भएको गाउँपालिका अध्यक्ष बागदल मल्लले बताए। ‘ज्वरो आउनुलाई गाउँका मानिसले सामान्य सम्झिन्छन्, त्यसैले पनि सुरुमा खबर गरेनन्’, उनले भने, ‘तर पछि सबै बिरामी परेपछि मात्र खबर गरे, अनि हामीले प्रदेश सरकारसँग औषधि र चिकित्सकका लागि अनुरोध गर्‍यौं।’

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले केही दिनअघि मात्र खबर आएकाले उद्धारका लागि चिकित्सक पठाउन ढिलाइ भएको बताए। ‘हामीलाई पनि महामारी फैलिएपछि मात्र खबर आयो। शनिबार मात्र खबर पाएकाले चिकित्सक पठाउन ढिलाइ भएको हो’, उनले भने। चिकित्सकको साथमा पर्याप्त औषधिसमेत पठाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.