हिन्दु धर्म संरक्षणका लागि आन्दोलन गर्न शंकराचार्यको आग्रह

हिन्दु धर्म संरक्षणका लागि आन्दोलन गर्न शंकराचार्यको आग्रह

दमौली : भारतका एक शंकराचार्यले हिन्दु धर्मको संरक्षणका लागि आन्दोलन गर्न तनहुँका स्थानीयलाई आग्रह गरेका छन् । म्याग्दे ३ किलचोकमा अकलादेवी मन्दिरको शिलान्यास गर्दै काशी सुमेरु पीठाधिश्वर जगतगुरु शंकाराचार्य अनन्त विभुषित स्वामी नरेन्द्रानन्द सरस्वतीजी माहाराजले नेपालमा हिन्दु धर्म संकटमा परेको बताएका छन् । 

हिन्दुको उद्गमस्थल भए पनि केही व्यक्तिको स्वार्थका कारण संकट परेको उनको भनाइ थियो । उनले देशलाई हिन्दु राष्ट्र बनाए मात्र धर्म जोगिने बताए । ‘नेपाललाई हिन्दू राज्य बनाउन आवश्यक छ,’ उनले भने, ‘यसका लागि तपाईँहरु जाग्नुस् । मेरो साथ रहनेछ ।’

साढे ३ करोड लागत अनुमान गरिएको मन्दिरको शिलान्यास गर्दै उनले अकला मन्दिर पशुपतिनाथ जस्तै शक्तिपीठ भएको बताए । उनले मन्दिरबारे थाहा पाएर आफु शिलान्यासका लागि आएको बताए । उनले मन्दिरका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । 

कार्यक्रममा मन्दिरका संस्थापक पण्डित पशुपतिनाथ घिमिरेले मन्दिरको महिमाबारे बोलेका थिए । उनले सत्कर्म हुँदा मन्दिरमा घण्टा बज्ने गरेको सुनाए । योगी नरहरिनाथले मन्दिरमा ८५ औं कोटिहोम गरेको उनले स्मरण गरे ।

मन्दिरका डिजाइनर भक्तपुरका इन्जिनियर विनोद खड्काले मन्दिरको प्राविधिक पक्षका बारेमा जानकारी दिएका थिए ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुर्णमान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बालहरि घिमिरे, जानुका थापा, दधिराज घिमिरेलगायतले बोलेका थिए । 

गत वर्षको महायज्ञबाट शंकलन भएको ७० लाख र बाँकी लागत संघ, प्रदेश  र स्थानीय तहबाट आउने प्रतिवद्धता आएको स्थानीय दधिराज घिमिरेले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.