मजदुरबाट मालिक

मजदुरबाट मालिक

अर्काको होटलमा मजदुरी गरेका खनाल आफैं होटलको मालिक बनेका छन्। अर्काको होटलमा फूलबारी गोड्ने काम गरेका खनाल अहिले आफ्नै होटलको रेखदेखमा सक्रिय छन्।


सौराहाका होटल व्यवसायी केशव खनाल (४४) गोरखाको तान्द्राङबाट दुई वर्षको हुँदा बुवासँगै चितवन आए। २०३२ मा चितवनको तत्कालीन बछौली गाविसमा बसाइ सरी आएपछि स्थापित हुन निकै कठिन भयो। सुरुआतमा जग्गा किनेर टहरो बनाएर सुतेको उनी सम्झन्छन्। टहरोमा सबैलाई सुत्न अप्ठेरो भए पनि त्यसैमा हुर्किए। उनका ६ दाजुभाइ र ६ जना दिदीबहिनी थिए। उनी छोरामध्येका ठाइँला हुन्।

बुवाले सबै सन्तानलाई पढाउन चाहेका थिए। तर खनालका दाजुभाइले पालो लगाएर बढे। गाईबस्तु चराउनुपर्ने हुनाले पालो लगाएर विद्यालय जान थाले। परिवारको स्थिति सबल नभएकै कारण राम्रोसँग पढ्न पाएनन्।

गोठालो जाने क्रममा उनले पहिलो पटक विदेशी पर्यटक देखेका थिए। पर्यटकहरू रमाइलो गरेको देख्दा उनी दंग पर्थे। सौराहा आउने पर्यटकहरू फोटो खिच्दै रमाउने गरेको देखेपछि उनी सौराहामा काम गर्ने सोच बनाए। सौराहा गए छोरा बिग्रिन्छ भन्ने उनका बुवालाई डर थियो। त्यसबैले बुवाले जान नदिने डरले उनी भागेर सौराहामा काम गर्न गए। त्यही आँटले उनको अवस्था र पहिचान बेग्लै भयो।

सौराहाको राइनो लजमा ‘अलराउन्डर’का रूपमा काम सुरु गरे। २०५० सालमा होटल राइनो लजबाट उनले काम सुरु गरेका हुन्। आर्थिक अवस्थाले पिरोलेपछि उनी जागिर खान सुरु गरे। होटलको फूलबारीमा उनी मालीको रूपमा काम गर्थे। होटलमा अरू कर्मचारीले नभ्याएको काम पनि उनैले, बिदा बसेका कर्मचारीको काम पनि उनैले गर्नुपथ्र्यो। यहीबाट उनको जीवनले फरक मोड लियो।

होटलमा काम सुरु गरेको दुई वर्ष पछि उनले तालिम लिएर नेचर गाइडको काम थाले। जंगल घुमाउँदा लैजाँदा पर्यटकले उनलाई टिप्स दिन्थे। आफूले पाएको टिप्सलाई छुटै संकलन गर्न थाले। उनको काम देखेर पर्यटक प्रभावित हुन्थे। टिप्सबाट संकलित रकम जोगाएर गरिब बालबालिका पढाउने काम पनि सुरु गरे। सुरुमा उनले इँटाभट्टामा काम गरेका ६ र ८ वर्षका दुई बालबालिकालाई पढाउने व्यवस्था गरेका थिए। उनले सामाजिक अभियान पनि सुरु गरे।

२०५४ सालमा उनले जागिर छोडे। जागिर छोड्दा होटलले दिएको भारतीय दुई हजार रुपैयाँले टुरिस्ट गाइड अफिस खोले। पर्यटक घुमाउने, पर्यटकका लागि बस, जहाज र भारतका लागि रेलको टिकटसमेत काट्ने व्यवस्था गरे। त्यसबेला उनले मासिक दुई सयभन्दा बढी टिकट काट्थे। उनकोमा सेवा लिन पर्यटकको भीड लाग्थ्यो। त्यसपछि उनको व्यवसाय उकालो लाग्न थाल्यो। गाइड अफिसमा उनले गरेको कामबाट पर्यटक प्रभावित भएपछि उनले होटल खोल्ने सोच बनाए। केही रकम जोगाएपछि उनले होटल खोल्ने मनस्थिति बनाए।

पर्यटनमा लागेको सम्बन्धलाई उनले होटलमा लगाउने सोच बनाए। तर लगानी जुटाउन उनलाई समस्या थियो। आफन्त र बैंकबाट ऋण लिएर उनले सौराहामा ६ कट्ठा जग्गा किनेर होटल खोल्न सुरु गरे। सुरुमा २० कोठाको होटल बनाए। ‘गाइड अफिसबाटै कमाएको सम्बन्धले सुरु गरेको होटलले राम्रो सफलता पायो,’ खनालले भने, ‘मेहनत गरेर फल पाउने कुरा आफ्नै जीवनबाट भोगे।’

उनको अहिले १८ कट्ठा क्षेत्रफलमा होटल सञ्चालन गरिरहेका छन। पिरामिड शैलीको ४७ कोठाको सुविधासम्पन्न होटल सञ्चालन गरेका छन्। होटलका लागि चाहिले तरकारी, कुखुरा, अन्डा आफैं उत्पादन गर्छन्। उनले गर्ने व्यवहारबाट प्रभावित भएर पर्यटक उनीकहाँ नै बढी ओइरिन्छन्।

सौराहा प्रवेश गरेपछि उनको होटल देखिन्छ। आकर्षक सुविधायुक्त र व्यवस्थित बनाएकै कारण स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्छ। होटल सुरु गर्दा उनले भारतबाट उँट ल्याएका थिए। होटलमा आउनेलाई उनले निःशुल्क उँट चढाउन थालेपछि पर्यटक आकर्षित भए।

आफ्नो विगत सम्झेर उनले पिछडिएको बस्तीमा सहयोग अभियान चलाएका छन्। केशवसँगै उनका दाजु राजेन्द्र खनाल पनि साथमा छन्। सामाजिक काममा दाजु राजेन्द्रसँगको सहकार्यमा २०५२ सालमा स्थापना गरेको बालकल्याण संस्थामार्फत काम गर्छन्। आफूले जस्तै अभाव कसैले भोग्नु नपरोस् भनी उनले गरिब बालबालिकालाई पढाउन सहयोग गर्दै आएका छन्।

२०५३ सालमा जंगल घुम्ने क्रममा नेदरल्यान्डका पर्यटकलाई गैंडाको आक्रमणबाट जोगाएर उद्धार गरेका थिए। त्यसैबाट प्रभावित भएर उनीहरूले खनाललाई सहयोगको प्रतिबद्धता जनाए। खनालले बाल कल्याण संस्था नेपाल स्थापना गरेर सामाजिक काम पनि अघि बढाएका छन्। सुरुमा विपन्न अवस्थाका दुई जनालाई पढाउन सुरु गरिएकोमा अहिले ८५ जनालाई पढाउँदै आएका छन्। यीमध्येका ५२ जनालाई विदेशीले संस्थामार्फत सहयोग गरेका छन्।

चितवनका विकट क्षेत्रमा चार वटा बाल विकास केन्द्र छन्। अहिलेसम्म विभिन्न स्थानमा गरिएको स्वास्थ्य शिविरबाट करिब ५० हजारले उपचार पाएका छन्। करिब १३ सय ५० घरधुरीमा खानेपानी व्यवस्था गरेका छन्। घण्टौं हिँडेर खानेपानी ल्याउनुपर्ने बस्तीमा घरैमा खानेपानी र आयआर्जको सीप पाएपछि चेपाङहरू खुसी छन्। सिद्धिको जिङलाउमा, इच्छाकामना गाउँपालिकाको साप्रेनी, थाप्राङमा, कोलभन्ज्याङ, बिङलाङमा बङयाम, लेसराङमा पनि कार्यक्रम पु¥याएका छन्। माडीको विकट बाँदरझुलामा उनले खानेपानीको आयोजना सुरु गरेका छन्। ‘प्रदूषण होइन प्राकृतिक सन्तुलन भएकै परिवर्तन खोजेका हौं,’ केशव भन्छन्, ‘संघर्ष गरे सफल पाइने रैछ।’

उनको व्यवहारबाट प्रभावित भएर पाहुनाहरू दोहो¥याएर आउने गर्छन्। भन्छन्, ‘म सफल भए पनि मेरो हैसियत बिर्सेको छैन। सामान्य हुन मन पराउँछु।’ कुनै बेला सुत्न पनि नपाएका खनाल पिछडिएको बस्तीमा परिवर्तनका लागि कस्सिएका छन्। विकट मानिएको चेपाङ बस्तीमा अभियान लक्षित गरेका छन्। डेढ दशकदेखि ओडारमा बस्दै आएका सिद्धिका ७८ वर्षीय हस्तबहादुर चेपाङका लागि उनले घर निर्माण गरिदिए।

संघर्ष र भोगेको पीडा उनको प्रेरणा बन्यो। अहिले उनी खुसी र सुखी भएका छन्। मजदुरी गरेरै जीवन चलाएका खनाल अहिले करोडौंको मालिक भएका छन्। अर्काको होटलमा मजदुरी गरेका खनाल आफैं होटलको मालिक बनेका छन्। अर्काको होटलमा फूलबारी गोड्ने काम गरेका खनाल अहिले आफ्नै होटलको रेखदेखमा सक्रिय छन्। निरन्तरको मेहनत, कामप्रतिको लगाव र परि श्रम उनको सफलताको साधन हो। ‘परि श्रम र इमानदारीको फल हो,’ केशवले भने। ०००
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.