लुम्बिनी भ्रमणको निम्तो कर्णालीलाई

लुम्बिनी भ्रमणको निम्तो कर्णालीलाई

सुर्खेत : लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसरमा प्रदेश ५ ले कर्णाली प्रदेशलाई निम्तो दिएको छ। आन्तरिक पर्यटन प्रवद्र्धनमा प्रदेशबीच सहकार्य आवश्यक रहेको भन्दै कर्णालीलाई चुल्हो निम्तो दिएको हो।

‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भन्ने नाराका लुम्बिनी भ्रमण वर्ष मनाउन लागेको प्रदेश ५ सरकारले कर्णालीमै पुगेर सम्पूर्ण कर्णालीबासीलाई लुम्बिनी घुम्न आउन निम्तो दिएको हो। सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेर लुम्बिनी भ्रमण वर्ष २०७६ प्रचारप्रसार उपसमितिले कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई निम्तोपत्र हस्तान्त्रण गर्दै समग्र प्रदेशबासीलाई लुम्बिनी भ्रमणमा आग्रह गरिएको थियो।

आन्तरिक र बाह्य पर्यटक वृद्धि गरी पारस्परिक पर्यटन प्रवद्र्धन गर्न सबै प्रदेशमा निम्तो दिने क्रममा कर्णालीमा पनि मन्त्रीमार्फत सम्पूर्ण जनतालाई निम्तो दिएको प्रचारप्रसार उपसमितिका सचिवालय सदस्य प्रदीप आचार्यले बताए। कर्णाली र धार्मिक पर्यटनका लागि लुम्बिनी र कर्णाली एक आपसमा जोडिएको काँक्रेबिहार–लुम्बिनी पर्यटन प्रवद्र्धन गर्न भए पनि कर्णालीबासी लुम्बिनी भ्रमणका लागि आउन अनुरोध गरे।

बाह्य र आन्तरिक गरी वार्षिक १७ लाख पर्यटक भित्रिने लुम्बिनीमा अन्य प्रदेशले सहयोग गरे २५ लाख पु¥याउने लक्ष्य पूरा हुने उनको भनाइ छ। बौद्ध र हिन्दूको साझा धार्मिक आस्था रहेको लुम्बिनीमा कर्णालीका नागरिकको भ्रमणले दुई प्रदेशबीच समृद्धिको बाटोमा सहकार्य हुने भ्रमण वर्ष प्रचार टोलीले जानकारी दिएको छ।

प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीका तर्फबाट आएको निम्तोपत्र ग्रहण गर्दै कर्णालीका पर्यटनमन्त्री नन्दसिंह बुढाले लुम्बिनी भ्रमण वर्ष सफल पार्न कर्णाली प्रदेश सरकारले पूर्ण सहयोग गर्ने बताए। ‘आन्तरिक र बाह्य पर्यटक भित्र्याउन कर्णाली प्रदेश सरकारले पूर्णरूपमा साथ दिनेछ’, उनले भने, ‘म पनि समय मिलाएर लुम्बिनी घुम्न आउनेछु, लुम्बिनीबारे धेरै जानकारी लिनुपर्नेछ।’

बाह्य र आन्तरिक गरी वार्षिक १७ लाख पर्यटक भित्रिने लुम्बिनीमा अन्य प्रदेशले सहयोग गरे २५ लाख पु¥याउने लक्ष्य पूरा हुने अपेक्षा छ।

मन्त्री बुढाले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश फैलाइरहेको भन्दै लुम्बिनी र बौद्धस्थलसँग जोडेर कर्णाली प्रदेशका काँक्रेविहारलगायत बौद्धस्थलको प्रवद्र्धन गर्न कर्णाली प्रदेश सरकारले कार्यक्रम ल्याउने बताए। कर्णाली रारा भ्रमण वर्ष मनाउने क्रममा धेरै कमजोरी भएकाले पर्यटकको वृद्धि र बसाइलाई उपलब्धिमूलक बनाउन पूर्वाधार विकासमा जोड दिन सुझावसमेत दिए।

कर्णाली सरकारले प्रदेशभित्र रहेका एक सय एक पर्यटकीय गन्तव्यको अध्ययन गरी सार्वजनिक गर्ने भएकाले कर्णालीको पर्यटन प्रवद्र्धनमा प्रदेश ५ को सरकार र नागरिक पनि कर्णाली घुम्न आउनुपर्ने उनको भनाइ छ। निम्तो कार्यक्रमका सहभागी कर्णालीबाट मात्रै नभइ प्रदेश ५ बाट पनि कर्णालीको पर्यटन प्रवद्र्धनमा सहयोग हुनुपर्ने सुझाव दिए। सयौं बौद्ध गुम्बा, बिहारका साथै अन्य ऐतिहासिक पर्यटकीय स्थल भएकाले एकपटक कर्णाली पनि घुमेर अवलोकन गर्न प्रदेश ५ को सरकार र नागरिकलाई निम्तो दिइएको छ।

पर्यटनमन्त्री बुढालाई पत्रमार्फत ५ नम्बर प्रदेशका पर्यटनमन्त्री लिला गिरीले कम्तीमा तीन दिन बस्ने गरी आउने अनुरोध गरे। कर्णाली प्रदेशका पर्यटकीय स्थलमा आउने पर्यटकलाई लुम्बिनी पु¥याउने र लुम्बिनी आएका पर्यटकलाई कर्णाली प्रदेशका पर्यटकीयस्थल घुम्ने वातावरण बनाउन प्रदेश–प्रदेशबीच सहकार्य र समन्वयका लागि पनि यो अभियानको थालनी भएको पत्रमा उल्लेख गरिएको छ।

लुम्बिनीमा पर्यटक आगमनलाई बढाउने र बसाइ लम्बाउने सोचका साथ प्रदेश सरकारले प्रवद्र्धनात्मक कार्यक्रम थालेको प्रदेश ५ पर्यटन मन्त्रालयका शाखा अधिकृत केशव सुनारले बताए। क्षेत्रीय पर्यटन सूचना केन्द्र सुर्खेतका सचिव पूर्ण अधिकारीले पर्यटक वृद्धि नभई यहाँका नागरिकमा आर्थिक वृद्धि हुने गरी दुई प्रदेशबीच समन्वयकारी भूमिका हुनुपर्नेमा जोड दिए। भ्रमण वर्ष वैशाख बुद्ध पूर्णिमाका दिन सुरु भई चैत शुक्ल पूर्णिमाका दिन समापन हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.