मैत्री बसमै भेटिन थाल्यो विस्फोटक पदार्थदेखि नटबोल्टसम्म

मैत्री बसमै भेटिन थाल्यो विस्फोटक पदार्थदेखि नटबोल्टसम्म

भैरहवा : देशको विभिन्न स्थानबाट भारत जाने-आउने नेपाल भारत मैत्री बसमा तस्करी अझैं रोकिएको छैन। भारतबाट आउने मैत्री बसमा पटक- पटक भन्सार छलीका विभिन्न साम्रगी फेला पर्दै आएका छन्। करिब ३ हप्ताअघि मात्रै भारतको नयाँ दिल्लीबाट काठमाडौं जाँदै गरेको नेपाल भारत मैत्री बसमा ठूलो मात्रामा विस्फोट पदार्थ बरामद भएको थियो। 

गड्डाचौकी नाका हुँदै भित्रिएको ना ५ ख ७२४५ नम्बरको बसलाई कैलालीमा सशस्त्र प्रहरीले चेकजाँच गर्दा विस्फोट पदार्थ फेला परेको थियो।विभिन्न नाकाबाट नेपाल भारत आउने जाने गरेको मैत्री बसलाई दुवै देशमा प्राथमिकता दिँदा उक्त बसमा तस्करी फस्टाएको जानकार बताउँछन्। यी बसमा तस्करी मात्रै होइन मानव बेचबिखनका लागि समेत प्रयोग हुँदै आएको विभिन्न उदाहरणहरु छन्।

यस्तै दिल्ली पोखरा चल्ने नेपाल भारत मैत्री बसमा पनि चेकजाँच गर्दा भन्सार छली गरी भित्राइएको अवैध कपडा लगायत साम्रगी बरामद भएको छ।भैरहवा नाकाबाट भित्रिएको ना ६ ख १२८७ नम्बरको मैत्री बसलाई बेलहियास्थित बाइपास इलाकामा चेकजाँच गर्ने क्रममा २ लाख बढी मूल्य बराबरको भन्सार छली गरी भित्राइएको विभिन्न साम्रगी बरामद भएको सशस्त्र प्रहरी बल नेपाल ३८ नम्बर गुल्म, राजश्व तथा सुरक्षा गस्ती डण्डाका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द खातीले जानकारी दिए।

उनका अनुसार उक्त बसमा लेडिज सल २ सय९५ थान, ट्रयाकसुट ६८ जोर, लेडिज टप्स सेट ८१ जोर, लेडिज टप्स २ सय १३ पिस, कुर्ता सलवार ८ जोर, साडी ३ थान, जिन्स पाइन्ट ३६ थान, काठ काट्ने मेसिन १ थान, नटबोल्ट १४ केजी रहेको छ। उक्त साम्रगी बसको डिक्की बाहिर नभई व्यवस्थित रुपमा डिक्की भित्र लुकाएर भित्र्याउन खोजिएको थियो ।

भारतबाट आउने मैत्री बसमा भन्सार छली गरी भित्राइएको हार्डवेयरका साम्रगी, कपडा, मोटर पार्टसलगायत विभिन्न साम्रगी पटक पटक बरामद हुने सस्शत्र प्रहरी बताउँछ।

मैत्री बसमा बरामद साम्रगी। तस्बिर : अन्नपूर्ण

यस अघि पनि भैरहवा नाकाबाट नेपाल भारत मैत्री बसमा फल्स बटम बनाएर ठूलो परिमाणमा भन्सार छली गरिएका हार्डवेयर र कपडा भित्र्याउन खोज्दा सस्शत्र प्रहरीले बरामद गरेको थियो।

यी बसहरुमा भन्सार छली गरिएका विभिन्न साम्रगी लुकाई छिपाई नाकाबाट पटक पटक भित्रिने गरेको डिएसपी खाती बताउँछन्।'हामीले यी बसहरु चेकजाँच गर्दा पटक पटक भन्सार छली गरिएका साम्रगी बरामद गरिहेका हुन्छौँ, उनले भने,' बसमा भन्सार छली गरिएका साम्रगी आउने क्रम रोकिएका छैनन् तर हामीहरुले रोक्ने काम गरिरहेका छौँ।'

रकम असुल्दा बढ्यो तस्करी

नाकाबाट नेपाल भित्रिने क्रममा उक्त बस चेकजाँचकf लागि भन्सार कार्यालयको प्राङगण जाने गर्दछ। तर भन्सार कर्मचारीले राम्ररी चेकजाँच गर्नुको साटो बढी सामान रहेको यात्रु (तस्कार) सँग रकम असुलेपछि तस्करको साम्रगी चेकजाँच नै गर्दैनन्।

जसले गर्दा यस्ता बसहरुमा निकै सहज रुपमा तस्करीका विभिन्न साम्रगीहरु भित्रिदै आएका छन्। र, सरकारको राजश्व गुम्दै आएको छ । स्रोतका अनुसार भारतबाट नेपाल भित्रिने बसमा रहेका प्रत्येक यात्रुसँग जनही ५ सय रुपैयाँ असुलेपछि यात्रुका साम्रगी चेकजाँच हुँदैनन्।

भन्सार कर्मचारीले चेकजाँच गरी भन्सार गर्नुपर्ने साम्रगीलाई भन्सार गराउनुपर्नेमा असुली गरेर छाडेलगत्तै सशस्त्र प्रहरीले त्यस्ता साम्रगी बरामद गर्छ। यस्ता बसहरुमा सस्शत्र प्रहरीले पटक पटक भन्सार छलीका साम्रगीहरु बरामद गरेपनि भन्सार कर्मचारीले तस्करसँग रकम असुलेको कारण बसमा रहेको अवैध साम्रागीको पत्तो नहुने सरोकारवालाहरु बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.