गोरखा ग्रुपले हाइड्रोमा लगानी गर्ने

गोरखा ग्रुपले हाइड्रोमा लगानी गर्ने

दाङ : बेलायती लाहुरेले स्थापना गरेको गोरखा ग्रुप प्रालिले आफ्नो लगानी विस्तार गर्दे हाइड्रोमा लगानी गर्ने भएको छ। 

शिक्षा क्षेत्रको लागनीबाट दाङमा २२ वर्षअघि स्थापना भएको गोरखा ग्रुपले अहिले शिक्षा र स्वास्थ्य क्षेत्रलाई आधार बनाएर लगानी गरिरहेको थियो। 

ग्रुपको मंगलबार सकिएको बृहत भेलाले अबको लगानी कृषि÷रिसोर्ट, हाइड्रो, पर्यटनमा लगाउने निर्णय गरेको छ। मंगलबार दाङको तुलसीपुरमा बृहत भेलाको निर्णय सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो। बजारको महत्व आवश्यकता र आपूर्तीको अवस्थालाई अध्ययन र विश्लेषण गरेर  कृषि क्षेत्रमा लगानी गर्ने निर्णय गरिएको छ। 

गु्रपका प्रमुख कार्यकारी अधिकृत नौल सिंह घर्तीले भने, ‘हाइड्रो र रिसोर्टमा पनि अब हाम्रो लगानी हुन्छ। घर्तीले हाइड्रोमा लगानी दाङ या जिल्ला बाहिर जहाँ पनि हुन सक्ने बताए। 

दुई दशकदेखि दाङमा शिक्षा क्षेत्रमा लगानी गरिरहेको ग्रुप अन्तरगत अहिले तुलसीपुर, घोराही र लमहीमा एक–एक उच्चमाध्यामिक विद्यालय, एकएक स्नातक तहका क्याम्पस र घोराहीमा गोरखा अस्पताल सञ्चालन गरिरहेको छ। 

त्यसैगरी पीसीएल तह स्वास्थ्यको अध्ययन थलोको स्थापना गरेको ग्रुपका संस्थापक तथा अध्यक्ष मानबहादुर बुढाले बताए। ग्रुपलाई हामीले अझ सशक्त र बलियो बनाउँदै गएका छौँ’, अध्यक्ष बुढाले भने।

लाहुरेको लगानीले २२ वर्षसम्म आउँदा ठूलो उपलब्धि हासिल गरेको उनको दाबी छ।  

डेढ करोडबाट सुरु भएको अभियान अहिले अर्बमाथि पुगेको छ।  शिक्षा र स्वास्थ्यमा लगानी गरिरहेको गोरखा ग्रुपले अब होटेल, पर्यटन र कृषिलाई पनि प्राथामिकतामा राखेको छ। 

बेलायतमा रहेका नेपालीले शिक्षाको महत्व बुझेर गुणस्तरीय शिक्षा दिने उद्देश्यले घोराहीमा गोरखा इन्टरनेश्ल पब्लिक स्कुल स्थापना गरेको थियो। 

ग्रुपको नयाँ सञ्चालक समिति 
गोरखा गु्रुप प्रालिको पहिलो साधारणसभा तथा बृहत भेलाले नयाँ सञ्चालक समिति गठन गरेको छ। विभिन्न सप्ताहव्यापी कार्याक्रम गरेर गरिएको बृहत भेलाले संस्थापक मानबहादुर बुढाको अध्यक्षतामा पाँच वर्षका लागि नौ जनाको नयाँ सञ्चालक समिति गठन गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। 

सञ्चालक समितिको सदस्यमा विष्णुप्रसाद घर्तीमगर, नौल सिंह घर्ती, जंगबहादुर पुन, दुर्गाबहादुर केसी, बालकृष्ण रोकामगर, उत्तमराज घिमिरे, मानसिंह घर्तीमगर, धनकुमार बुढामगर रहेका छन। 

एक करोडको गोरखा फाउन्डेशन 
 गोरखा ग्रुपको बृहत भेलाले गोरखा फाउण्डेशन स्थापना गरेको छ। विभिन्न परियोजना सञ्चालन गर्ने गरी पहिलो चरणमा एक करोडको मुल पुँजीराखेर गोरखा फाउन्डेशन स्थापना गरिएको गोरखा ग्रुपका एकेडेमीक डाइरेक्टर दुर्गाबहादुर केसीले जानकारी दिए। यसमा ग्रुपको मुनाफाको १० प्रतिशत रकम हरेक वर्ष थप हुनेछ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.