आङ्ना-मौवा खानेपानी आयोजना : २२ महिनामा ३५ प्रतिशत मात्रै काम

आङ्ना-मौवा खानेपानी आयोजना : २२ महिनामा ३५ प्रतिशत मात्रै काम

फिदिम : पाँचथरको ग्रामिण र सुख्खाग्रस्त क्षेत्र तुम्बेवा गाउँपालिकामा सञ्चालित आङ्ना-मौवा बृहत तमोर लिफ्ट खानेपानी आयोजनको काम सुस्त छ।आयोजना निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता भएको २२ महिनामा ३५ प्रतिशत मात्र काम पूरा भएको हो। 

३० महिनाभित्र आयोजनाको काम सम्पन्न गर्नेगरी कन्काई प्रेरणा जेभी निर्माण कम्पनीले २०७४ पुष २५ गते आयोजना निर्माणको जिम्मा लिएको थियो। उपभोक्ता समिति गठन गर्न ढिलाई भएपछि निर्माण कम्पनीले कामलाई प्रभावकारी ढंगले अघि बढाउन नसकेको हो। पछिल्लो समयमा कामले गति लिएपनि बाँकी रहेको आठ महिनामा आधा पनि काम पूरा नहुने देखिएको छ।

आयोजना निर्माणका लागि ४५ करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको हो। उक्त आयोजना सम्पन्न भएपछि तुम्बेवा गाउँपालिका वडा नं. १, २ र ३ का (साबिक आङ्ना र मौवा) १ हजार ६ सय चार घरधुरीका करिब १० हजार मानिसलाई खानेपानीको सुविधा हुनेछ।

'उपभोक्ता समिति गठन गर्न ढिलाई हँदा कामले अपेक्षित गति लिन सकेन,'आयोजना प्रमुख चन्द्रनारायण चौधरीले भने, 'ठेक्का सम्झौता भएको झण्डै दुई वर्षमा मात्रै उपभोक्ता समिति गठन भएको हो।'

दलीय विवादका कारण १८ महिनापछि मात्र उपभोक्ता समिति गठन भएको थियो।लामो विवादपछि २०७५ पुष २४ गते नेकपाका नेता देवेन्द्र खत्रिको अध्यक्षतामा नौ सदस्यीय उपभोक्ता समिति गठन भएको छ।

विवादको कारण उपभोक्ता समिति गठन गर्न ढिलाई भएपछि निर्माण कम्पनीले गाउँपालिकासँग समन्वय गरेर काम सुरु गरेको थियो। 'समिति गठन गर्न ढिलो भएपछि गाउँपालिकाले नै आयोजना निर्माणको काम हेरिरहेको थियो,' उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र खत्रीले भने, 'समिति गठन भएपछि कामले तीब्रता पाएको छ।'

आयोजनाको काम सुरु हुने समयमा स्थानीय तहको चुनाब, संघीयताका कारण खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कर्मचारीको अलमल र उपभोक्ता समिति गठनमा समस्या भएकाले सुरुवाती चरणमा काम प्रभावित भएको थियो। आयोजना निर्माणका लागि अहिले पनि डिभिजन कार्यालयबाट प्रयाप्त कर्मचारी खटाइएको छैन्। 

आयोजना निर्माण स्थलमा विद्युत विस्तार नभएकाले निर्माण कम्पनीले ११ केभीए विद्युत् लाइन विस्तारको काम पुरा गरेको छ।कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारदेखि आयोजना सञ्चालनका लागि बिजुली लगिएको हो। बिजुली पुर्‍याउनका लागि एक सय छ वटा पोल गाड्ने काम सकिएको छ।

तुम्बेवा गाउँपालिकास्थित तमोर नदीको लखुवा दोभानमा मुहान थापेर खानेपानी आयोजनाको काम अघि बढाइएको हो।  अहिले लखुवा दोभानमा इन्टेक (मुख्यट्यांकी) बनाउने काम सम्पन्न भएको छ। आयोजना सञ्चालनका लागि जम्मा ११ वटाट्यांकी निर्माण गरिदैँछ।

पम्पिङका लागि ७ वटा ट्यांकी र ग्राभिटि फ्लोका लागि ४ वटा ट्यांकी निर्माणको काम भइरहेको हो। अहिलेसम्मट्यांकी निर्माणको ५० प्रतिशत काम सकिएको चौधरीले जानकारी दिए। पाइपलिंक गर्ने रट्यांकी निर्माणको काम धमाधम भइरहेको छ। 

अफिसि बिल्डिङ निर्माणको काम अहिलेसम्म सुरु हुन सकेको छैन। 'स्थानीयको विवादको कारण अफिस विल्डिङ कहाँ बनाउने भनेर टुंगो लागेको छैन,' चौधरीले भने, 'दुई तले अफिस विल्डिङका लागि जग्गा नै प्राप्त हुन नसकेको हो।'

स्थानीय राजनीतिक दलबीचको विवादले भवन निर्माणका लागि अहिलेसम्म जग्गा प्राप्त नभएको हो।आयोजना सञ्चालना लागि तीन प्रकारको पाइप जडान गर्ने तयारी छ।एउटाट्यांकीदेखि अर्को टयाङ्कीसम्म पानी पुर्‍‍याउन ७ हजार तीन सय मिटर सीमलेस पाइप जडान गर्ने तयारी छ। वितरणका लागि एक सय ५० किलोमिटर एचडीपी पाइप र हाउस कनेक्सनका लागि ५८ किलोमिटर जीआई पाईप जडान गर्ने तयारी गरिएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.