गाउँपालिकाका अध्यक्षको पारिश्रमिक क्याम्पसलाई

गाउँपालिकाका अध्यक्षको पारिश्रमिक क्याम्पसलाई

बेनी : म्याग्दीको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पारिश्रमिक सुविधावापत सरकारबाट प्राप्त गरेको रकम बाबियाचौरको मंगला शिक्षा क्याम्पसलाई उपलब्ध गराएका छन्।  

समुदायद्वारा सञ्चालित क्याम्पसलाई यसअघि ६ लाख रुपैयाँ उपलब्ध गराएका अध्यक्ष रोकाले बुधबार थप २ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन्। सोही कार्यक्रममा स्थानीय दिपक जिसीले क्याम्पसलाई ५० हजार रुपैयाँ सहयोग गरे। सञ्चालक समितिका अध्यक्ष श्रीराम पौडेल, क्याम्पस प्रमुख काशिराज गौतम, पूर्व अध्यक्ष तथा सल्लाहकार चन्द्रप्रसाद बुढाथोकी र काठमाडौ सम्पर्क समितिका संयोजक टंकप्रसाद बुढाथोकीलाई रकम हस्तान्तरण गरेका थिए।  

विधानअनुसार अध्यक्ष रोकालाई मानार्थ संरक्षक सदस्यता प्रदान गरिएको सञ्चालक समितिका अध्यक्ष पौडेलले बताए। शिक्षा शास्त्र संकायमा स्नातक तहमा ६० जना विद्यार्थी अध्ययनरत छन्।

अध्यक्ष रोकाले यसअघि गत मंसिरमा मंगला गाउँपालिका ५ सिरकुममा रहेको किसानी आधारभूत विद्यालयलाई तीन लाख ५० हजार रुपैयाँ सहयोग गरेका थिए। पूर्व शिक्षक समेत रहेका अध्यक्ष रोकाले जनप्रतिनिधिको हैसियतमा तलबवापत प्राप्त हुने सुविधा सहयोग गर्ने घोषणा गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.