मुस्ताङ जाने पर्यटकको प्रवेश शुल्क घटाउन माग

मुस्ताङ जाने पर्यटकको प्रवेश शुल्क घटाउन माग

बेनी : उपल्लो मुस्ताङ जाने पर्यटकको शुल्क घटाउन स्थानीय होटल व्यवसायीले माग गरेका छन्। लोमान्थाङ र दामोदरकुण्ड लोघेकर गाउँपालिकाका होटल व्यवसायीको भेलाले विदेशी पर्यटकबाट लिने शुल्क घटाउन माग गर्ने निर्णय गरेको छ।

भ्रमणका लागि कम्तीमा २ जनाको समूह बनाउनुपर्ने नियम छ। उपल्लो मुस्ताङ भ्रमण गर्न १० दिनका लागि अध्यागमन विभागबाट ५ सय रुपैयाँ डलर प्रवेश शुल्क तिर्नुपर्छ। अनुमति लिएभन्दा बढी समय भ्रमण गर्नुपर्ने भए कारण खुलाई प्रतिदिन ५० डलरका दरले अतिरिक्त शुल्क बुझाउनुपर्छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), वडा, गाउँपालिकाका जनप्रतिनिधिसँग प्रवेश शुल्क घटाउने विषयमा छलफल चलाएको लोमान्थाङका होटल व्यवसायी छेवाङ गुरुङले बताए। ‘उपल्लो मुस्ताङमा पर्यटकको आगमन बढाउन प्रवेश शुल्क घटाउन, एक्लै घुम्न पनि अनुमति दिनुपर्ने र भ्रमण अवधि बढाउन दबाब सिर्जना गर्न खोजिएको हो,’ गुरुङले भने, ‘करोडौं लगानीमा होटल खोल्ने क्रम बढे पनि पर्यटक आगमन अपेक्षाकृत नहुँदा व्यवसायी निरास छन्।’

उनका अनुसार लोमान्थाङमा २४ वटा सुविधासम्पन्न होटल छन्। सबै वर्ग र आर्थिक हैसियतका पर्यटकका लागि अनुकूल हुने किसिमको शुल्क निर्धारण र प्रक्रिया बनाउन उनीहरूले माग गरेका छन्। चलचित्र छायांकनका लागि आउनेलाई पनि सहज र सरल रूपमा अनुमति दिनुपर्ने उनीहरूको माग छ। चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्रमा अवस्थित उपल्लो मुस्ताङलाई सरकारले अर्धनिषेधित क्षेत्र घोषणा गरेको छ।

सरकारले सन् १९९२ मा उपल्लो मुस्ताङमा पर्यटक भ्रमणका लागि खुला गरेको थियो। एक्यापको लोमान्थाङस्थित इलाका संरक्षण कार्यालयका अनुसार सन् २०१८ मा ३ हजार ९ सय ६३ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका थिए। सन् २०१७ मा ४ हजार ११५ र २०१६ मा तीन हजार ९१८ जना पर्यटक आएको कार्यालय प्रमुख तुलसी दाहालले बताए।

सडक सुविधासँगै उपल्लो मुस्ताङ घुम्न आउने स्वदेशी पर्यटकको संख्या उल्लेख्य मात्रामा वृद्धि भए पनि उनीहरूको तथ्यांक राख्ने गरिएको छैन। कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्त्वका दरबार, गुफा, गुम्बा, छोर्तेन, कोरला नाका उपल्लो मुस्ताङको आकर्षण हो।

गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले भने शुल्क समायोजनभन्दा पनि प्रक्रियालाई सरलीकरण, स्वदेशीलाई आकर्षित गर्ने र प्रचारमा जोड दिनुपर्ने बताए। शुल्कका कारण उपल्लो मुस्ताङमा विदेशी पर्यटक आगमन कम भए पनि बढी खर्च गर्न सक्ने क्षमताका पर्यटक आएको उनको भनाइ छ। ‘आन्तरिक पर्यटकलाई आकर्षित गर्न प्रचार गर्नुपर्छ,’ उनले भने, ‘संख्या बढाउनभन्दा पनि खर्च गर्न सक्ने क्षमताका पर्यटक भित्त्याउने योजना आवश्यक छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.