वृद्धलाई दिसा खुवाउने महिला पक्राउ

वृद्धलाई दिसा खुवाउने महिला पक्राउ

सुर्खेतः सडक खन्ने विषयमा विवाद हुँदा एक महिलाले वृद्धलाई दिसा खुवाइकी छिन्। मंगलबार बिहान सुर्खेतको बराहताल गाउँपालिका-७ बरैचेकी ४६ वर्षीय भविसरा दंगालीले ६० वर्षीय तेजबहादुर खत्रीलाई दिसा खुवाइकी हुन्। 

सुर्खेतको कल्याणकाँधदेखि नयाँ वन जोड्ने सडक खन्ने क्रममा माटो र ढुंगाले आफ्नो जमिन पुरिएपछि निर्माण उपभोक्ता समितिका अध्यक्ष रहेका वृद्ध खत्रीलाई दिसा खुवाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

प्रहरीका अनुसार पहिलो भविसराको घरनजिकैबाट सडक खन्ने भनिए पनि पछि उनको घर र पाखोबारीको माथिबाट डोजरले सडक खन्दा बारीमा माटो र ढुङ्गा खसेका हुन्। 

बारीमा ढुङ्गा माटो खस्न थालेको रिसमा समितिका अध्यक्ष खत्रीलाई दिसा खुवाइएको प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए।

समितिका अध्यक्ष खत्रीले आफूमाथि भएको घटनाका विषयमा प्रहरीमा उजुरी गरेपछि भविसरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीसमक्ष भविसराले आफूले आवेशमा आएर दिसा खुवाएको स्वीकार गरेकी छन्।

 टपरीमा लुकाइछिपाइ लिएको दिसा वादविवाद हुँदा खत्रीको मुखमा कोचि दिएकी थिइन्। पीडक दंगालीलाई नियन्त्रणमा लिई मुलुकी अपराध सहिंता ऐन २०७४ को परिच्छेद १० को दफा १६८ बमोजिम अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.