किशोरीको हत्यामा संलग्न युवक पक्राउ

किशोरीको हत्यामा संलग्न युवक पक्राउ

फिदिम : पाँचथरको हिलिहाङ गाउँपालिका- ४ कात्तिकेकी १५ वर्षीया किशोरी सितल योङहाङको हत्यमा संलग्न एक युवकलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ।फाल्गुनन्द गाउँपालिका- २ पात्ले भन्ज्याङका अन्दाजी २० वर्षीय भगिरथ बाँस्तोलालाई सोमबार दिउँसो फिदिम नगरपालिका २ पल्लोटारबाट प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ परेका बाँस्तोलाले आफूले नै सितलको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्। 'पक्राउ परेका युवकले हत्या गरेको स्वीकार गरेका छन्,' जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल कुमार पौडेलले भने, 'दुईजना युवा मिलेर सितलको हत्या गरेको पाइयो। हत्यामा संलग्न अर्का एक युवकको खोजि भइरहेको छ।'

फाल्गुनन्द गाउँपालिका- २ पात्ले भञ्ज्याङका अन्दाजी २० वर्षीय पदम तामाङलाई प्रहरीले खोजी गरिरहेको हो। तामाङकै योजनामा सितलको हत्या गरिएको बास्तोलाले प्रहरीसमक्ष बयान दिएका छन्।

तामाङ र सितलबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको र एक महिना यता प्रेममा खटपाट आएको अनुसन्धानबाट खुलेको छ। सितलसँगको प्रेम सम्बन्धमा खटपट आएपछि तामाङको साथ लागेर आफू पनि सितलको गाउँ आएको बाँस्तोलाले प्रहरीलाई बयान दिएका छन्। सितलको हत्या गर्ने उद्देश्यले नै तामाङ र बाँस्तोलाले घरबाटै चक्कु बोकेर गएको अनुसन्धानबाट खुलेको छ। 

बास्तोला र तामाङ सितलको हत्या गर्ने उद्देश्यले २४ गते घरबाट निस्किएका थिए। सितलको गाउँमा पुगेको तीन दिनपछि उनीहरुले किशोरीको हत्या गरेका हुन्।आइतबार बिहान १० बजे तामाङ र बाँस्तोलाले सितललाई भेटेका थिए। उनीहरुले बेलुका आफूहरुलाई भेट्न सितललाई आग्रह गरेका थिए। विद्यालयबाट घर फर्किपछि सितल उनीहरुलाई भेट्न आफ्नो घरमाथिको खाली घरमा गएकी थिइन्। 

आफूहरु बसेको स्थानमा सितल आएपछि तामाङले सितललाई बलात्कार गर्न खोजेको र सितलले नमानेपछि पक्रेर घाँटी रेटेर मारेको बास्तोलाले प्रहरीलाई बयान दिएका छन्।बयानमा आफूले सितललाई समाएको र तामाङले सितलको घाँटी रेटेर मारेको बताएका छन्।घटनाको प्रकृति हेर्दा सितलको बलात्कारपछि हत्या भएको हुनसक्ने भन्दै स्थानीयले थप अनुसन्धानका लागि माग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.