प्रधानमन्त्री आज स्वदेश फर्किँदै

प्रधानमन्त्री आज स्वदेश फर्किँदै

काठमाडौं : भियतनाम र कम्बोडियाको भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन्। भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली वैशाख २६ गते त्यसतर्फ गएका थिए। 

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली साँझ स्वदेश आइपुग्दैछ। भ्रमणका क्रममा प्रधानमन्त्रीले भियतनाम र कम्बोडियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह समेत गरेका छन्।प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक स्थिरता र नीतिगत स्पष्ट भएकाले लगानी गर्न उपयुक्त वातावरण रहेको भन्दै लगानीकर्तालाई लगानी गर्न आह्वन गरेका हुन्।

प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतको टोली लिएर भियतनाम भ्रमणमा निस्केका थिए । भियतनाम भ्रमणमा ओलीले आफ्ना समकक्षीलगायत विभिन्न व्यक्तिसँग भेटघाट गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.