सरकारले संघीयता चलाउन सकेन : गगन थापा

सरकारले संघीयता चलाउन सकेन : गगन थापा

सुर्खेत : कांग्रेस केन्द्रीय सदस्य गगन थापाले केपी ओली नेतृत्वको सरकारले संघीयता चलान नसकेको आरोप लगाएका छन्। कांग्रेसले सुरु गरेको जनगरण अभियानका क्रममा सुर्खेतमा सम्बोधन गर्दै थापाले यस्तो आरोप लगाएका हुन्। 

‘केपी ओली नेतृत्वको सरकार इतिहासकै बलियो हो’, उनले भने, ‘संविधानको कार्यान्वयन, संरचना निर्माण र ठूला आयोजनाका काम गरेर जनतासमक्ष परिणाम देखाओस् भन्ने अपेक्षा कांग्रेसको हो। तर, सरकारले संघीयताको मर्मअनुसार काम गर्न सकेन।’

उनले राजासँग आधा शक्ति रहेको, राजाले दिएको संविधान, राजाले चाहेको बेला निलम्बन गर्न सक्ने संविधान टेकेर जनमतका आधारमा बीपीले सरकार चलाएको इतिहासबारे कार्यकर्तालाई जानकारी गराए।

‘संघीय व्यवस्थालाई बलियो बनाउन सरकारले ढंगले काम गर्न सकेन्। कांग्रेसलाई डर त्यहाँ हो’, उनले थपे, ‘संघीय र एकात्मक नेपाल एउटै होइन्। कर्णाली प्रदेश नामको मात्रै बनाइएको छ, यो एक वर्षको अनुभवबाट सरकार संघीयता कार्यान्वयनमा असफल देखिएको छ।’ 

विगतमा प्रधानमन्त्री ओली संघीयतामा चरम अरुची राख्दै पटकपटक नेपालमा संघीयता नफाप्ने बताउँदै आएकाले सबै तहका सरकारलाई अधिकार नदिइएको दाबी गरे। संघीयता बलियो बनाउन र टिकाउन केन्द्रभन्दा स्थानीय सरकारले काम गर्नुपर्ने उनको भनाइ छ।
 
‘प्रधानमन्त्रीले संघीयताका आधारभूत कुरालाई स्वीकार गर्न मान्नुभएन्, जसले गर्दा प्रदेश अधिकारबिहिन भएका छन्’ उनले भने, ‘मुख्यमन्त्री प्रधानमन्त्रीका फोटोकपी जस्तै देखिन थाल्नुभएको छ, एकपछि अर्काे अधिकार खोसिदै गएको छ। सबैभन्दाबढी काम गर्नुपर्ने प्रदेशलाई कामबिहीन अधिकार, स्रोतबिहीन बनाइएको छ। यसले संघीयतामा हुनुपर्ने परिवर्तन हुन पाइरहेको छैन।’
    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.