ओखलढुंगामा जिप दुर्घटना, ९ घाइते

ओखलढुंगामा जिप दुर्घटना, ९ घाइते

ओखलढुंगा : ओखलढुंगाको मानेभञ्ज्याङमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । सुनकोसी गाउँपालिकाको सिस्नेरीबाट सदरमुकाम ओखलढुंगा आउँदै गरेको स १ ज १८१२ नम्बरको बोलेरो जिप आइतबार बिहान मानेभञ्ज्याङ गाउँपालिका ५ स्थित बालेथाममा दुर्घटना भएको हो । 

दुर्घटनामा सुनकोसी गाउँपालिका वडा नं. ३ का ४५ वर्षीय हिरा थापा, मानेभञ्ज्याङ गाउँपालिका ६ का ४२ वर्षीय मनकुमारी आले मगर, १० वर्षीय बालक दिनेश श्रेष्ठ, २९ वर्षीया भव माया श्रेष्ठ, चन्द्रबहादुर आले मगर घाइते भएका छन् । 
त्यस्तै सुनकोसी गाउँपालिका वडा नं. ३ का हरि खड्का, रस्मिता थापा, २५ वर्षीय तेलीकुमारी श्रेष्ठ र मानेभञ्ज्याङ गाउँपालिका ५ उदयपुरका कालीमाया राई रहेका छन् । राईको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए । दुर्घटनामा हिरा थापाको हात भाँचिएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको छ । 

सडकमा गुडिरहेको जिप अनियन्त्रित भइ दुर्घटना भएको श्रेष्ठले जानकारी दिए। बोलेरो चालक भूपाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.