बालिकालाई अनैतिक काम लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

बालिकालाई अनैतिक काम लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

रुपन्देही : होटल सफा गर्न काम लगाइदिन्छु भनेर बालिकालाई अनैतिक काममा लगाएको आरोपमा होटल सञ्चालक दम्पत्ती पक्राउ परेका छन् ।  प्रहरीले कालिकानगरमा रहेको राप्तीमिनु रेष्टुरेन्टका सञ्चालक बाग्लुङ निसिखोला घर भएका २९ वर्षीय टेकबहादुर कुँवर र उनकी श्रीमती ३३ वर्षीया मिनाकुमारी बस्नेतलाई पक्राउ गरेको हो । 

कपिलवस्तु घर भएकी १५ वर्षीया बालिका उनीहरुको होटलमा चार महिनादेखि काम गर्दै आएकी थिइन् । बालिकालाई सुरुमा सफा गर्न भनेर होटलमा राखिएको थियो । तर, उनलाई अनैतिक काम लगाएको र होटल छोड्न नदिएको बयान बालिकाले प्रहरीसँग दिएकी छन् ।

आफ्नो इच्छा विपरित अनैतिक काममा लगाएपछि विभिन्न बहानाबाजी गर्दै आफन्तसँग भारत जाँदै गर्दा बालिकालाई सुनौली नाकाबाट आफन्त नेपाल नामक संस्थाले उद्धार गरेको थियो । आफन्त नेपालका सदस्यसँग बालिकाले होटलमा पीडा भएपछि भारत जान लागेको बताएकी थिइन् । 

त्यस लगत्तै अनुसन्धानका लागि प्रहरीले होटल सञ्चालक दम्पत्तीलाई नियन्त्रणमा लिएको हो । दम्पत्तीविरुद्ध प्रहरीले मानव बेचविखन तथा संगठित अपराध मुद्दामा कारबाही अघि बढाउने तयारी गरेको डीएसपी डिलबहादुर मल्लले जानकारी दिए । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.