गोली प्रहार गरी मोटरसाइकलमा आगजनी

गोली प्रहार गरी मोटरसाइकलमा आगजनी

सुर्खेतः नेकपा विप्लव समूहका कार्यकर्ताले मोटरसाइकलमा गोली प्रहार गरी आगजनी गरेका छन्। नेपाल बन्दको अवज्ञा गरेको भन्दै सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबाट डुंगीखोला जाँदै गरेको भे ८ प १८९६ नम्बरको मोटरसाइकलमा आगो लगाएका हुन्।

६ जनाको समूहमा रहेका विप्लवका कार्यकर्ताले आफूलाई झारेर मोटरसाइकलको ट्यांकीमा गोली हानेको सवारीधनी टिकाराम मिजारले जानकारी दिए। 

तेल ट्यांकीमा गोली हानेपछि आगो लागेर मोटरसाइकल पूर्णरुपमा क्षति भएको मिजारले बताए। सोमबार बिहानै हतियारसहित आएका कार्यकर्ताले गोचखोलामा बसका चालक र धनीलाई ओरालेर आगो लगाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.