आक्कलझुक्कल देखिन्छन् सांसद

आक्कलझुक्कल देखिन्छन् सांसद

जनकपुरधाम : प्रदेशसभा बैठकमा केही सांसद आक्कलझुक्कल मात्रै देखिने गरेका छन्। बैठकमा आफ्नो क्षेत्रका जनताको हकअधिकार, समस्या र विकासका कुरा उठाउनु त परै जाओस् केही सांसद महिनौसम्म देखा पनि पर्दैनन्। प्रदेश २ मा प्रदेशसभाको पहिलो, दोस्रो र तेस्रो अधिवेशनमा गरी ८९ वटा बैठक बसेको छ।

तीनवटै अधिवेशनमा हालसम्म बसेको बैठकमा सबभन्दा कम सहभागी हुने प्रदेशसभा सदस्य हुन् कुन्दनप्रसाद कुसवाहा। उनी ११ वटा बैठकमा मात्र सहभागी भएका छन्। कुसवाहा रौतहटको ३ (२) क्षेत्रबाट तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्।

आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कामको अनुगमन गर्न व्यस्त भएकाले प्रदेशसभाको धेरै जसो बैठकमा आउने समय नमिलेको कुसवाहाले अन्नपूर्णलाई बताए। ‘गाउँघरमा धेरै विवाद मिलाउनु पर्छ। त्यस्ता काममा लाग्नु पर्ने भएकाले प्रदेशसभा बैठकमा कम सहभागि भएको छु’, उनले भने।

प्रदेशसभा बैठकमा कुशवाहापछि कम सहभागी हुने अर्का सांसद हुन् ओमप्रकाश शर्मा। उनी पर्साबाट कांग्रेसका समानुपाति सांसद हुन्। प्रदेशसभा बैठकमा उनी हालसम्म २१ दिन मात्र सहभागी भएका छन्। घरायसी कार्य व्यस्तताले बैठकमा नियमित रुपमा सहभागी हुन नसकेको शर्माको भनाइ छ। ‘छोरीको विहे थियो। व्यस्त भएँ। अबका बैठकमा नियमित सहभागी हुने छु’, शर्माले भने।

प्रदेशसभामा कम उपस्थित हुने सांसदको सूचिमा तेस्रो नम्बरमा छन् धनलाल थोकर। कांग्रेसबाट रौतहटको ४ (१) का निर्वाचित सांसद हुन् उनी। प्रदेशसभा बैठकमा उनी २३ दिनमात्र सहभागी भएका छन्। कम उपस्थीत हुनेमा चौथो नम्बरमा सांसद मोहम्मद समिर छन्। बाराबाट तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित उनी २९ दिन प्रदेशसभा बैठकमा उपस्थीत भएका छन्।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री लालबाबु राउत पनि थोरैमात्र देखिन्छन्। विषेश अवसर वा सदनमा जवाफ दिनु पर्दामात्र मात्र बैठकमा सहभागी हुने गर्छन्। मुख्यमन्त्री राउत जम्मा २९ वटा बैठकमा सहभागी भएका छन्। तत्कालिन् संघीय समाजवादी फोरमबाट महोत्तरी ४(१) बाट निर्वाचित सांसद कौशलकुमार यादव ३१ वटा बैठकमा सहभागी भएका छन्।

राजपा नेपालबाट पर्सा २ (२) बाट निर्वाचित सांसद रमेशप्रसाद कुर्मी ३२ वटा बैठकमा उपस्थित भएका छन्। त्यस्तै पर्साबाटै फोरमकी समानुपातिक सांसद रागिनीदेवी बरनवाल ३१ वटा र कांग्रेसबाट पर्सा २(१) बाट निर्वाचित सांसद राजेश्वप्रसाद साह ३३ वटा बैठकमा सहभागी भएका छन्। राजपा नेपालकी पर्साबाट समानुपातिक सांसद अन्जु कुमारी ३५ वटा बैठकमा उपस्थीत भएकी छन्।

प्रदेशसभा बैठकमा सांसदको न्यून सहभागिताका कारण महत्वपूर्ण विधेयकमाथि छलफल र सम्वाद समेत प्रभावित हुने गरेको छ। बैठकमा सांसदको नियमित उपस्थीतिका लागि सभामुख सरोजकुमार यादवले पटक–पटक दलका नेता र सचेतकलाई ध्यानाकर्षण गराउँदै आएको जानकारी दिए। ‘प्रदेशसभाको गरिमा र मर्यादा बढाउन नियमित बैठकमा उपस्थीत हुन सबै प्रदेशसभा सदस्यलाई बारम्बार भन्ने गरेको छु’, सभामुख यादवले भने, ‘कार्य व्यवस्था तथा परामर्श समिति बैठकमा लगातार अनुपस्थीत हुने सांसदलाई कार्वाहीको विषयमा छलफल भएको छ।’ सदनमा लगातार अनुपस्थीत सांसदले यसमा सुधार नगरे तलब रोक्का गर्ने समेतको कदम चाल्न बाध्य हुने सभामुख यादवले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.