सिद्धबाबा सुरुङमार्ग र तिनाउ डाइभर्सन अन्योलमा

सिद्धबाबा सुरुङमार्ग र तिनाउ डाइभर्सन अन्योलमा

रूपन्देही : सिद्धार्थ राजमार्गस्थित बुटवल पाल्पा सडकको सिद्धाबाबा खण्डको सुरुङमार्ग र कालिगण्डकी तिनाउ डाइभर्सन आयोजनाको नारा चुनावी भाषणमा मात्र होइन केही वर्ष यता नीति तथा कार्यक्रम र बजेटमा पनि समावेश भइरहेको छ। तर यी आयोजना कहिले सम्पन्न हुन्छन् केही टुंगो छैन।

सम्भाव्यता अध्ययन र डीपीआरको काम निकै सुस्त गतिमा अघि बढेको छ। सिद्धबाबा क्षेत्रमा सुरुङ मार्गको चर्चा चलेको एक दशक हुन लाग्यो। सुरुङमार्गको विषय २०७०÷७१ को बजेट वक्तव्यमा पहिलोपटक समावेस गरिएको थियो। खिलराज रेग्मी मन्त्रीपरिषद्को अध्यक्ष हुँदा तत्कालीन अर्थमन्त्री शंकर कोइरालाले प्रस्तुत गरेको बजेटमा सुरुङमार्ग निर्माणको सम्भाव्य अध्ययन गर्ने उल्लेख छ। बजेटमा उल्लेख भएको ६ वर्ष बितिसक्दा पनि उक्त मार्ग निर्माण सुरु हुन सकेको छैन।

अर्थमन्त्री युवराज खतिवडाले संघीय संसद्मा प्रस्तुत गरेको २०७६÷२०७७ को बजेटमा सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकको सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माण सुरु गर्न बजेट विनियोजन गरिएको छ। ठीक एक वर्ष अघिको बजेटमा पनि सर्वेक्षण गरी सुरुङ मार्ग निर्माण थाल्ने उल्लेख थियो।

बजेटमा पटक–पटक सुनिन्छ, काम देखिँदैन।

‘गत वर्ष पनि निर्माण सुरु गर्ने भनिएको थियो भएन। यसपटक पनि सुरु हुन्छ भनेर स्थानीयले विश्वास गरेका छैनन्’, तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले भने, ‘डीपीआर बनेकाले अब सुरु हुन्छ भन्ने आशा चाँही गरौं।’ स्वीट्जरल्यान्ड सरकारको परामर्शदाता कम्पनी इटेगोले अध्ययन गरेर डीपीआर तयार गरेको हो। डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख केदार नेपालले डीपीआर बनेकाले काम अघि बढ्ला भन्ने लागेको बताए।

बुटवलबाट पश्चिमाञ्चलका पहाडी जिल्लामा जाने र आउने हजारौं यात्रुलाई सिद्धबाबाकै पहिरोले झस्काउने गर्दछ। सिद्धबाबा क्षेत्रमा पहिरोमा कयौं यात्रुले ज्यान गुमाइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.