विद्यालय बन्द गरी शिक्षक भ्रमणमा

विद्यालय बन्द गरी शिक्षक भ्रमणमा

अछाम : अछामको मेल्लेख गाउँपालिका–७ नन्देगडास्थित दुर्गादेवि माविका शिक्षक भ्रमणमा गएका छन्। उनीहरु विद्यालय नै बन्द गरी हप्ता दिनको भ्रमणमा निस्किएका हुन्। शिक्षकहरु भ्रमणमा निस्केपछि विद्यार्थीको पढाई पूर्ण रुपमा प्रभावित भएको छ। नमुना विद्यालयको भ्रमण गर्ने उद्देश्यले बुटवल पोखरातिर शिक्षकहरु भ्रमणमा गएका छन्।

कक्षा १ देखि १० सम्मका ५ सय ५० जना विद्यार्थीको पढाइ प्रभावित भएको छ। विद्यालय पूर्णरुपमा बन्द गरी शिक्षक भ्रमणमा पठाउने निर्णय विद्यालय व्यवस्थापन समितिले गरेको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा न ७ का वडा अध्यक्ष नरबहादुर साउँद समितिले नै निर्णय गरेर विद्यालय बन्द गरी शिक्षकहरुलाई भ्रमणमा पठाएको बताए। 

उनले भने, ‘यो विद्यालय व्यवस्थापन समितिको नै निर्णय हो। रोकिएको एक हप्ताको पढाइलाई बर्खे बिदामा मिलाउने गरी निर्णय गरेका छौँ।’ शैक्षिक अवस्थालाई परिमाणमुखी बनाउन यस्तो निर्णय गरेको उनको भनाइ छ। ‘जिल्ला बाहिरका नमुना विद्यालयले गरेका क्रियाकलाप हेरेर यस विद्यालयमा समेत लागु गर्नका लागि यस्तो निर्णय गरेको हो’, उनले भने। भ्रमणको खर्च विद्यालय नै व्यहार्ने उनले बताए। 

एक हप्ता विद्यालय बन्द गरी सबै शिक्षक कर्मचारी भ्रमणमा निस्केको कुरा आफूलाई कुनै जानकारी नभएको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताए। उनले भने ‘यस बारेमा गाउँपालिकालाई कुनै जानकारी छैन। भ्रमणमा गइसकेपछि मात्रै अरु मार्फत सुनेँ। भ्रमणमा पठाउने निर्णय ब्यवस्थापन समितिको रहेछ।’  

भ्रमणमा दुर्गादेवि माविका सबै शिक्षक कर्मचारी बाहेक सोही वडाका जानकी निमावि ग्वालेकोट, मंगलासैनी निमावि दुपाल्त, पुरानाकोट प्रावि, सरस्वती प्राविका प्रधानाध्यापक गरी १५ जना छन्। दुर्गादेवि माविका प्रधानाध्यापक कृष्णबहादुर विकले नमुना विद्यालयको भ्रमणबाट केही कुरा सिकेर आफ्नो विद्यालयमा पनि लागु गर्नका लागी भ्रमणमा निस्केको बताए।

उनले भने, ‘बुटवल रुपन्देही चितवन लगायतका नमुना विद्यालयको भ्रमण गर्ने छौँ। त्यहाँ भएका उदाहरणीय काम हेरेर, सिकेर आफ्नो विद्यालयमा समेत लागु गर्ने छौँ।’ विद्यालय नै बन्द गरी सबै कर्मचारी र शिक्षक भ्रमणमा निस्केपछि विद्यार्थी र अभिभावक आक्रोशित बनेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.