विश्व वातावरण दिवसमा नगर सरसफाई (फोटोसहित)

विश्व वातावरण दिवसमा नगर सरसफाई (फोटोसहित)

धनगढी : विश्व वातावरण दिवसको अवसरमा धनगढी उपमहानगर सरसफाई गरिएको छ। बुधबार बिहान उपमहानगरका मेयर नृपबहादुर वडको अगुवाईमा विभिन्न संघ संस्थाको सहभागितामा सरसफाई गरिएको हो।

सर-सफाई कार्यक्रम गरिरहँदा सर्वसाधरणको भने सहभागिता हुन सकेन्।उपमहानगरका जनप्रतिनिधि विभिन्न संस्थाका प्रतिनिधि सरसफाई गरिरहँदा व्यवसायी रमेत भएका थिए।

सरसफाई कार्यक्रममा उपमहानगरका कर्मचारीको समेत सहभागिता भएन्। धनगढी कैलाली नालाबाट सुरु भएको सरसफाई कार्यक्रम जिल्ला प्रहरी कार्यालय कैलालीसम्मको सडकमा सरसफाई गरेको हो।सरसफाई कार्यक्रममा नेपाल प्रहरी र शसस्त्रको समेत सक्रिय सहभागिता रहेको हो।

सहरवासी इमान्दार नहुँदा नगरलाई स्वच्छ र सफा गर्न नसकेको मेयर नृपबहादुर वडले बताए।'नगरको गाडी बिहान फोहोर उठाउन आइरहेको हुन्छ,उनले भने, 'तर, सडक नजिक घर भएका र व्यवसायीले सडकमा फोहोर फाल्ने गरेका छन्।'

उपमहानगरले हरेक शनिबार सरसफाई कार्यक्रम समेत सञ्चालन गरेको छ। तर, पनि नगरमा यत्रतत्र फोहोर नै हुने गरेको छ।नागरिकमा सार्वजनिक ठाउँ सफाई गर्नुपर्छ भन्ने चेतना नआएसम्म नगरलाई फोहोरमुक्त बनाउन नसकिने मेयर नृप वडको तर्क छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.