खोलामा डुबेर मृत्यु
संखुवासभा : संखुवासभाको पाँचखपन नगरपालिका-१, ओक्तेनमा खोलामा डुबेर एकजनाको ज्यान गएको छ। स्थानीय प्रेम लिम्बुकी श्रीमती २१ वर्षीया सर्मिला लिम्बूको बिहीबार डुबेर ज्यान गएको वडाअध्यक्ष टेकबहादुर बुढाथोकीले बताए।
कुसुवा खोलामा नुहाउने क्रममा खोलामा डुबेर उनको मृत्यु भएको वडाअध्यक्ष बुढाथोकीले जनाएका छन्। लिम्बूको शव पोष्टमार्टका प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लाने तयारी भएको जनाइएको छ।आजै मृतकका माइतीपक्ष आइपुगेका छन्। शव पोष्टमार्टमका लागि चैनपुर लैजान तयारी गरेको वडाअध्यक्ष बुढाथोकीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !