एकै क्षेत्रमा लगातार चितुवा आक्रमण

एकै क्षेत्रमा लगातार चितुवा आक्रमण

दमौली : घरकै आँगनमा खेलिरहेकी भानु -२ भकुन्थोककी नौ वर्षीया पुष्पा अधिकारीलाई चितुवाले आक्रमण गर्‍यो। घरकै आँगनमा खेलिरहेकी उनलाई शुक्रबार साँझपख नजिकैको जंगलबाट अकस्मात आइपुगेको चितुवाले आक्रमण गरी घिर्सादै लग्यो।

घरमै चप्पल छुटेकी ती बालिकालाई खोज्दै जाँदा करिब पाँच सय मिटर पर परिवारले भेटायो।तर त्यतिन्जेलसम्म ढिला भइसकेको थियो। उनी मृत अवस्थामा भेटिइन्।  यसैगरी  सोही क्षेत्रमा गत कार्तिक अन्तिम साता र मंसीर दोश्रो साता दुई बालबालिकाको पनि बाघको आक्रमणबाट भएको थियो।

ती दुई बालबालिकाको ज्यान गएलगत्तै एक चितुवा मृत भेटियो। तर फेरि आक्रमण हुनुले भानु क्षेत्रका स्थानीय त्रसित भएका छन्। चितुवाको निसानामा सधैं बालबालिका पर्दै आएका छन्। गत वर्ष कार्तिकमा पनि अर्का एक बालकको चितुवाकै आक्रमणबाट भानुमा ज्यान गएको थियो।दुई वर्षको अवधिमा बाघको आक्रमणबाट चार बालबालिकको ज्यान गएको छ।

आहाराको अभावमा आक्रमण 

एकै क्षेत्रमा चितुवाको लगातार आक्रमण भएपछि वन डिभिजन तनहुँले त्रिभुवन विश्वविद्यालयका जीव विज्ञानका प्राध्यापकको समूहलाई घटनास्थल लगेको थियो। कार्तिक र मंसीरको घटनाको अध्ययन गरेको उक्त समूहले निष्कर्ष निकालेर बुझाउने तयारी गर्दै गर्दा फेरि अर्को आक्रमणको घटना भएको छ।

चितुवाको निरन्तर आक्रमणबारे अध्ययन टोलीका संयोजक उप प्राध्यापक डा. हरि शर्माले बढ्दो वन क्षेत्र अनि आहाराको अभाव मुख्य कारण रहेको बताए। टोलीले गरेको अध्ययनका क्रममा वन क्षेत्रमा एउटै पनि मृग फेला पारेन। जबकी वन क्षेत्रमा चितुवाको संख्या एकभन्दा बढी थियो। आहारा वनमा नभेटेपछि नजिकको बस्तीमा चितुवा सरेको हुनसक्ने शर्माको अनुमान छ।

आहाराको कमीसँगै वन क्षेत्र नजिकै मानव बस्ती भएका कारण पनि आक्रमण बढेको ठम्याइ उनको छ। 'झाडीका कारण वन र मानवबस्ती छुट्टिएको छैन,' उनले भने, 'यसले पनि आक्रमणको जोखिम बढाएको छ।'
 
कलिला उमेरका निसानामा
चितुवा आक्रमणका सबै घटनामा बाल बालिकामाथि नै निशाना बनाएको छ। 'साना र कम उमेरका माथि आक्रमण गरेको देखिन्छ,' शर्माले भने, 'प्रतिरोध नगर्नेमाथि आक्रमण भएको छ।' दिउँसो र रातिभन्दा पनि आक्रमणका घटना साँझतिर हुने गरेको पाइएको छ। यस्ता समयमा बढी सचेत हुनुपर्ने विज्ञको राय छ।

वन डिभिजन तनहुँका प्रमुख केदार बरालले विज्ञको सुझावका आधारमा सचेतना फैलाउने काम गर्ने बताए।यसअघि आक्रमणका घटना बढेपछि पनि यस्तो कार्यक्रम चलाइएको थियो । तर हालैका घटनामा एक चितुवाको ज्यान गए पछि सोही चितुवा आक्रमणकारी ठानेर स्थानीय ढुक्क भएका थिए। तर फेरि अर्को घटना घटेपछि स्थानीयमा त्रास बढेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.