तराईमा उखरमाउलो गर्मी, बिरामीले भरिन थाले अस्पताल

तराईमा उखरमाउलो गर्मी, बिरामीले भरिन थाले अस्पताल

भैरहवा : तराईका जिल्लामा अत्याधिकरुपमा गर्मी बढेको छ। उखरमाउलो गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ। राहातको नाममा नेपाल विद्युत प्राधिकरणको विद्युत नियमित छैन। लोडसेडिङ अन्त्य भएको भनिए तापनि यथावत छ। दिनहुँ घण्टौंसम्म बिजुली हुँदैन। औसतमा यहाँको तापक्रम ३७/३८ डिग्री हुन्छ। वर्षा भएको छैन। स्थानीयवासी गर्मीले आक्रान्त बनेका छन्।

गर्मी बढेसगैँ खरबुजा, काँक्रा, उखुको रस, लस्सीलगायतका पेयपदार्थको व्यापार फस्टाएको छ। गर्मीका कारण आवश्यक काम बाहेक मध्य दिउँसो सडकमा मानिसको चहलपहल पातलिएको छ। बाहिर हिँड्दा गर्मी र त्यसमा पनि 'लु' चल्ने भएपछि सडकमा मानिसको आवतजावत कम भएको हो।

दैनिक मजदुरी गरेर खानेहरुका लागि गर्मीयाम निकै कष्टकर बन्न पुगेको छ। प्रायजसो युवायुवती गर्मी छल्न विभिन्न पार्क, हरियाली स्थानमा पुग्ने गरेका छन्।  अस्पताल तथा निजी क्लिनिकमा बिरामीको चाप बढेको छ। अन्य मौसमको तुलनामा गर्मी मौसममा ५० प्रतिशतले बिरामीको संख्या वृद्धि भएको विभिन्न अस्पतालले जनाएका छन्।

गर्मीसँगै हावाहुरी र धूलो, सडक पेटी तथा फुटपाथको खाना र फोहोर पानीका कारण बिरामीको सङख्या बढ्दै गएको चिकित्सकले बताएका छन्। गर्मी बढेसँगै बिरामी चाप पनि बढ्दै गएको भैरहवा भीम अस्पतालका चिक्तिसक डा.त्रिलोचन पन्थीले बताए। उनका अनुसार भाइरल, झाडापखाला, रुघाखोकी, पिसाब संक्रमण, जलवियोजनलगायतका बिरामीको संख्या बढेको छ।

उनले गर्मीसँगै वर्षायाम सुरु हुन लागेकोले सवाधानी नअपनाइए मलेरिया, डेंगुजस्ता रोगले प्रभावित पार्न सक्ने बताए। ओपिडी सेवाको लागि मात्र दैनिक १ सय ५० भन्दा बढी बिरामी आउने गरेको भीम अस्पताल प्रशासनले जनाएको छ। यस्तै भैरहवाको अन्य निजी सिटी अस्पताल, युनिर्भसल मेडिकललगायत निजी क्लिनिकमा पनि बिरामीको चाप उस्तै छ।

डा. पन्थीका अनुसार बाटो तथा फुटपाथको खाजा नास्ता नखाने, पानी उमालेर अथवा फिल्टर गरेर पिउने, दिसा- पिसाब गरिसकेपछि सावुन पानीले हात धुने, सफा सुग्घर गर्ने बानीको विकास गरेमा बिरामी हुनबाट जोगिन सकिन्छ। यहाँका अस्पतालमा प्रदेश पाँचका अधिकांश जिल्ला र भारतको महाराजगञ्ज, सिद्धार्थनगरलगायत जिल्लाबाट समेत बिरामी आउने गरेका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.