सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा गिरीधारी

सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा गिरीधारी

धरान : सुनसरी उद्योग बाणिज्य संघको अध्यक्षमा व्यवसायी गिरीधारी सापकोटा निर्वाचित भएका छन्। सापकोटाले ७ सय ४१ मत प्राप्त गरी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी व्यवसायी विजय श्रेष्ठले ६ सय ६३ मत प्राप्त गरेका छन्।  निर्वाचित भएका सापाकोटालाई नेकपा र पराजित श्रेष्ठलाई कांग्रेसले समर्थन गरेको थियो।

त्यस्तै, उद्योग तर्फको सदस्यमा प्रभाव खतिवडा, पियुषराज आचार्य, महेन्द्र प्रधान र विष्णु बराल निर्वाचित भएका छन्। बाणिज्यतर्फको सदस्यमा नविनराज भण्डारी, सिताराम आचार्य, अशोक जैन, मानबहादुर विक, मनोज श्रेष्ठ, राजेश अग्रवाल, सशी साह र दिनेश राई निर्वाचित भएका छन्।

बाणिज्य तर्फको महिला सदस्यमा शुभेच्छा अधिकारी श्रेष्ठ निर्वाचित भइन्। एशोसियटतर्फ अनिल अग्रवाल, गोपाल श्रेष्ठ र राजेश अग्रवाल निर्वाचित भएका छन्।वस्तुगत सदस्यतर्फ शिवराज श्रेष्ठ, रामस्वरुप शर्मा र उद्योग महिला सदस्यमा एलिना मगर निर्विरोध निर्वाचित भए। निर्वाचनमा एक हजार ४ सय ३४ मत खसेको थियो। संघको अन्य पदाधिकारीको जिम्मेवारी भने पहिलो बैठकले तोक्ने बताइएको छ। 

निर्वाचित भएपछि सापकोटाले समग्र व्यपारी, व्यवसायीलाई एकताबद्ध गराई व्यवसायिक हितमा लागि पर्ने प्रतिबद्धता जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.