सुदूरपश्चिमको बजेट २८ अर्ब १६ करोड (पूर्ण पाठ)

सुदूरपश्चिमको बजेट २८ अर्ब १६ करोड (पूर्ण पाठ)

धनगढी : सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट ल्याएको छ। आइतबारको प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बजेट प्रस्तुत गरेका हुन्।

चालु तर्फको १२ अर्ब ५७ करोड २६ लाख ६४ हजार अर्थात ४४ दशमलब ६४ प्रतिशत र पूँजीगत तर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार अर्थात ४६ दमलव ४० प्रतिशत गरी २८ अर्ब बढीको बजेट ल्याएको हो।

मुख्यमन्त्री एकिकृत कृषि कार्यक्रम अन्तर्गत ‘नमूना कृषि गाउँ आफै बनाउँ’ भन्ने नाराका साथ प्रत्येक स्थानीय तहलाई ५० लाखका दरले ४४ करोड बजेट विनियोजन गरिएको छ। कृषियोग्य भुमिमा सिँचाई सुविधा विस्तारका लागि एक अर्ब १६ करोड विनियोजन गरिएको छ। ९ जिल्लामा नमूना लिफ्ट सिँचाई प्रणालीका लागि १० करोड रकम विनियोजन गरिएको छ।

प्रदेश सरकारले ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष’ का लागि पनि बजेट छुट्याएको छ। प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको हो। यस अघि निर्वाचन क्षेत्र पूर्वाधार विकास काष अन्तर्गत प्रति निर्वाचन क्षेत्रलाई दुई करोड रकम दिईएको थियो।

प्रदेश गौरवका योजना अन्तर्गत सडक सञ्चालनमा १ अर्ब ७१ करोड ७० लाख विनियोजन गरिएको छ। कञ्चनपुरमा भैसीफार्म स्थापना गर्न चार करोड विनियोजन गरिएको छ। ८० हेक्टर क्षेत्रफलमा केरा खेतीका लागि २ करोड अनुदान दिइने बजेटमा उल्लेख छ। मेसिन उपकरण अनुदानमा ५ करोड, चिस्यान केन्द्र निर्माणका लागि तीन करोड बजेट विनियोजन गरिएको छ।

एक स्थानीय तह एक औद्योगिक उत्पादनका लागि तीन करोड र प्रदेशमा खाद्य डिपो स्थापना, घरेलु उद्योग स्थापनाका लागि ७ करोड बजेट विनियोजन गरिएको छ।

सुदूरपश्चिम प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा। फोटोः अन्नपूर्ण


मुख्यमन्त्री एकिकृत वस्ती विस्तार कार्यक्रमका लागि चार करोड, प्रदेश गौरवका जलविद्युत आयोजनाका लागि १० करोड, चार वटा जलविद्युत आयोजनाको डिपिआर सकेर निर्माणका लागि ५ करोड, नदी नियन्त्रणका लागि २८ करोड, खानेपानी संरचना निर्माणका लागि ७९ करोड विनियोजन गरिएको छ। प्रदेश गौरवका सडकका लागि ४२ करोड बजेट विनियोजन गरिएको छ।

सेती अञ्चल अस्पतालमा उपकरण र औसधी खरिदका लागि साढे ८ करोड, अन्य जिल्ला स्तरीय अस्पतालका लागि ५ करोड, महाकाली अञ्चल अस्पतालमा सेवा सुधारका लागि ४ करोड १० लाख बजेट विनियोज गरिएको छ।

सबै जिल्लाको स्वास्थ्य सेवा स्तरवृद्धिका लागि १७ करोड बजेट विनियोजन गरिएको छ। पर्यटकीय सर्कीटका लागि १३ करोड, विभिन्न ठाउँमा खेल मैदान निर्माण, एक निर्वाचन क्षेत्र एक खेलकुद मैदान निर्माणका लागि पनि बजेट विनियोजन गरिएको छ।

बजेटमा २ हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य राखिएको छ भने सबै जिल्लामा छात्रवास निर्माणको योजना पनि बजेटमा परेको छ। प्रदेश बस सञ्चाललका लागि १० करोड विनियोजन गरिएको छ।

प्रदेश सरकारकाका कर्मचारीहरुलाई आगामी २०७६ साउन १ गते देखि लागु हुने गरी सहायकस्तर वा सो सरहको २० प्रतिशत र अधिकृतस्तर वा सो सरहको १८ प्रतिशतले तलव वृद्धि गरिएको छ। संघीय सरकारवाट दिइदै आएको महंगी भत्ता, पोशाक सुविधा र सवाधिक जीवन वीमालाई यथावत राखेको छ।

कर्मचारीहरुलाई प्रोत्साहनका लागि एक जनालाई १ लाखको सर्वोउत्कृष्ट निजामति  सेवा पुरस्कार र १० जनालाई ५० हजारको उत्कृष्ट निजामती सेवा पुरस्कार दिने छ। निजामती सेवामा प्रदेशमा कार्यरत कर्मचारीहरुका सन्तततीहरुलाई उच्च शिक्षा अध्ययनमा छात्रावृत्रिको व्यवस्था गरिएको छ।


पढ्नुस् बजेटको पूर्ण पाठः


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.