गर्मीले स्कुल बन्द

गर्मीले स्कुल बन्द

 चितवन : ह्वात्तै गर्मी बढेसँगै मध्य तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ। गर्मीले दिउँसो सर्वसाधारण हिँडडुल गर्न सकेका छैनन्। बजारी क्षेत्रमा चहलपहल घटेको छ।

धेरै गर्मी भएपछि भरतपुर महानगरपालिकाले ३ दिनका लागि सबै स्कुल बन्द गरेको छ। चर्को गर्मीसँगै विद्यार्थी बिरामी हुन थालेपछि महानगरभित्रका निजी तथा सामुदायिक स्कुल सोमबारदेखि ३ दिन बन्द गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत बाबुराम दवाडीले बताए। चितवनको तापक्रम आइतबार ३८ डिग्री पुगेको छ।

गर्मी बढेपछि अभिभावकले बालबालिका स्कुल पठाउन असहज भएको गुनासो गरेका थिए। बर्खे बिदामा मिलाउने गरी अहिले बिदा दिइएको हो। गर्मी बढेसँगै बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गरी बन्द गरिएको दवाडीले बताए। ‘विद्यार्थी बिरामी हुन थालेपछि छलफलबाट बिदा गरेका हौ’, उनले भने, ‘त्यसपछि पनि यस्तै गर्मी भए बिदा थपिने छ।’ भरतपुरका २ सय २० स्कुलमा ८२ हजार विद्यार्थी पढ्छन्।

अत्यधिक गर्मी हुन थालेपछि भरतपुर अस्पतालमा बिरामीको चापसमेत बढेको चिकित्सकले बताएका छन्। भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा.युवानिधि बसौलाले बिरामी बालबालिका भर्ना हुने क्रम बढेको बताए। ‘अस्पतालमा आउने बिरामीमध्ये बालबालिका बढी छन्’, उनले भने, ‘उच्च ज्वरो, खोकी, रुघा, खटिरा देखिन थालेका छन्।’

जनजीवन कष्टकर

चितवन निकै गर्मी हुने जिल्लामा पर्छ। चितवनको अधिकतम तापक्रम ४० डिग्रीसम्म पुगेको रेकर्ड छ। तापक्रम वृद्धिसँगै एक सातायता जनजीवन कष्टकर बनेको छ। अत्यावश्यक काम नपरी सर्वसाधारण घरबाहिर निस्कँदैनन्। चितवनमा गर्मीले जनजीवन कष्टकर बन्दै गएको छ, दिनहुँ बढ्दो छ।

गर्मी छल्न कतिपय पौडी खैल्न जाने गरेका छन्। व्यावसायिक होटलका स्विमिङ पुलमा भीड लाग्न थालेको छ।

नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेको लामो झरनामा गर्मी छल्न अहिले भीड लागेको छ। स्विमिङ पुल भएका नारायणगढ, भरतपुर, सौराहालगायत ठाउँमा होटलमा पर्यटक बढेका छन्। गर्मी छल्न स्विमिङ पुल खोज्ने पर्यटक बढेको होटल सेन्ट्रल पार्कका सञ्चालक श्याम महतले बताए। ‘स्विमिङ पुल खोज्न आउने धेरै छन्’, उनले भने, ‘अहिले गर्मी छल्नकै लागि पर्यटक आउने गरेका छन्।’ गर्मीले जुस पसल र स्विमिङ पुलमा सर्वसाधारणको भीड लाग्ने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.