जानकी मन्दिरमा योग दिवस (फोटो फिचर)

जानकी मन्दिरमा योग दिवस (फोटो फिचर)

जनकपुरधाम : जनकपुरको जानकी मन्दिर प्रांगणमा भव्यताका साथ पाँचौ अन्तराष्ट्रिय योग दिवस मनाइएको छ। सगरमाथा बेस क्याम्पबाट नेपालमा सुभारम्भ भएको योग दिवस जनकपुरसम्म आइपुग्दा यसमा सहभागिता जनाउनेको संख्या पनि बाक्लिदै गएको छ।

जानकी मन्दिरको प्रांगणमा शुक्रबार आयोजना गरिएको विशेष योग शिविरमा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी, प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, सभामुख सरोज कुमार यादव, यस क्षेत्रका निर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्र महतोलगायत राजनीतिक दलका नेताको सहभागिता रह्यो।

त्यसैगरी, व्यापारी, कर्मचारी र सर्वसाधारणको पनि योग दिवसमा बाक्लो उपस्थित थियो। शिविरको उद्घाटन क्रममा बेल्दै उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले मानसिक तनाव कम गर्न योगको भूमिका निकै महत्वपूर्ण रहेको बताए । 

उनले भने, 'मानसिक र शारीरिक रुपमा स्वस्थ रह्नका लागि योग महत्वपूर्ण छ।' प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले जीवनमा स्वस्थ्य रह्नका लागि योग गर्नु निकै आवश्यक रहेकोमा जोड दिए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.