बिरामी छ सगरमाथा : स्थलगत रिपोर्ट (भिडियो)

बिरामी छ सगरमाथा : स्थलगत रिपोर्ट (भिडियो)

काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथाले हाम्रो देशलाई विश्वसामु परिचित गराएको छ । सागरमाथा विश्वभरका पर्यटकको रोजाइको केन्द्र हो । जति पर्यटकीय गन्तव्य हो त्यो भन्दा बढी हाम्रो देश नेपालको परिचय हो। 

पर्यटक सगरमाथा आरोहणकै लागि लाखौं खर्च गरिरहेका छन् । नेपाल सरकारको आम्दानी र रोजगारीको  प्रमुख स्रोत पनि बनेको छ सगरमाथा । सरकारले सगरमाथा आरोहण अनुमतिका लागि विदेशीसँग प्रतिव्यक्ति ११ हजार डलर र नेपालीसँग ७५ हजार दस्तुर लिन्छ। 

सरकारले पछिल्लो एक वर्षमा ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन गरेको छ। सगरमाथा आरोहणका अनेक कीर्तिमान छन् । जसले हामी मख्ख पर्छौँ तर सगरमाथा बिरामी छ भन्नेकुरा हामी थोरैलाई मात्र थाहा छ। 

नियमत आरोहणका क्रममा निस्किएको सबै फोहोर ल्याएर आउनुपर्छ । तर, कसैले त्यसो गर्दैनन् । अहिले फोहोरकै कारण सगरमाथा बिरामी भएको छ। एपीवान टेलिभिजनको सिस्टम चेक कार्यक्रममा विशेष सामाग्री । प्रस्तुति : सुमन ढुंगाना


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.