जितको मुखमा पुगेको वेस्ट इन्डिज निराश, न्युजिल्याण्ड शीर्ष स्थानमा

जितको मुखमा पुगेको वेस्ट इन्डिज निराश, न्युजिल्याण्ड शीर्ष स्थानमा

लण्डन  : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत शनिबार राति भएको खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई हराएको छ। यस प्रतियोगितामा अपराजित रहँदै आएको न्युजिल्याण्डले बलियो वेस्ट इन्डिजविरुद्ध ५ रनको संघर्षपूर्ण जित निकालेको हो । टस हारेर पहिले ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २९१ रन बनाएको थियो । २९२ रनको लक्ष्यकासाथ जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले ४९ ओभरमा २८६ रन बनाउँदा सबै विकेट गुमाएर हार व्यहोरेको हो। 

 वेस्ट इन्डिजले सुरुमै न्युजिल्याण्डको विकेट लिएर दबाबमा राखे पनि रोस टेलर र कप्तान केन विलियमसनले उच्च स्कोरको साझेदारी गरेपछि गतिलो स्कोर बनाउन सकेको थियो । ओपनरद्वय मार्टिन गुप्टिल र कोलिन मुन्रो शुन्य रनमै आउट हुँदा विलियमसनले १५४ बलमा १४८ रन र रोस टेलरले ९५ बलमा ६९ रन बनाए। जाम्स निसमले २८ र कोलिन डे ग्रान्डोम्मेले ६ बलमा १६ रन बनाए। 

वेस्ट इन्डिजका लागि सेल्डोल कटरेलले ४, कार्लाेस ब्रथवेटले २ र क्रिस गेलले १ विकेट लिए। 

लामो ब्याटिङ लाइन भएको वेस्ट इन्डिजसामु २९२ रनको लक्ष्य सहज भएपनि सुरुमा दुई विकेट लिएर न्युजिल्याण्डले दबाब बनाएको थियो । क्रिस गेल र सिमरोन हेटमेरले आक्रामक ब्याटिङ गर्दै टोलीलाई सहज जिततर्फ लगेका थिए । त्यसपछि लगातार विकेट गुमी वेस्ट इन्डिजको इनिङ धरासायी हुँदा छैटौं नम्बरमा क्रिजमा आएका कार्लोस ब्रेथवेटले पारी सम्माली रहे ९ विकेट गुमिसकेको अवस्थामा पनि वेस्ट इन्डिज जित नजिक पुगेको थियो ।

४९ औं ओभरको अन्तिम बलमा ब्रेथवेटले गरेको प्रहार छक्काका लागि ब्राउन्डीतर्फ गइरहेका बेला ट्रन्ट बोल्टले क्याच गरी वेस्ट इन्डिजलाई निराश बनाए । बलले बाउन्ड्री पार गरेको भए वेस्ट इन्डिजले जित्ने थियो । वेस्ट इन्डिजका लागि ब्रेथवेटले ८२ बलमा १०२ रन बनाए । त्यसैगरी गेलले ८४ बलमा ८७ रन र हेटमेरले ४५ बलमा ५४ रन बनाउँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले ४ र लकी फार्गुसनले ३ विकेट लिए। 

बलिङ र ब्याटिङ दुवैमा निकै बलियो देखिएको वेस्ट इन्डिजले ब्याट्सम्यानका खराब सटका कारण हार व्यहोर्दै आएको छ, पहिलो खेलमा पाकिस्तानमाथि सानदार जित निकाले वेस्ट इन्डिज त्यसपछिका खेलमा जितविहीन बनेको छ । अस्ट्रेलियाविरुद्ध जित नजिक पुगेर ४९ ओभरमा अलआउट भएको थियो । इङ्ल्याण्डविरुद्ध जम्मा २१२ बन बनाउँदा४५ औं ओभरमै सबै विकेट गुमाएको थियो। 

जितपछि ६ खेलबाट ११ अंक बनाएको न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ । ३ अंकका साथ सातौं स्थानमा रहेको वेस्ट इन्डिजको भने सेमिफाइनल पुग्ने सम्भावना लगभग सकिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.