बस र मोटरसाइकल ठोकिएपछि आगलागी, दुईको मृत्यु

बस र मोटरसाइकल ठोकिएपछि आगलागी, दुईको मृत्यु

रुपन्देही : पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका ६ कलौनीमा बस र मोटरसाइकल ठोक्‍किँदा  दुईको मृत्यु भएको छ।  शनिबार राति करिब १२:३0 बजेतिर भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा दाङ लमहीका मानबहादुर चौधरी र कासीराम चौधरी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै मोटरसाइकलमा आगलागी भएको थियो। आगलागी भएपछि बसका यात्रु र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको हो।  इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविन मैनालीका अनुसार आगलागीका कारण दुवै शव नचिनिने अवस्थामा थिए।।

शनिबार राति बुटवलको लुम्बिनी प्रादेशीक अस्पतालमा ल्याइएको दुवै शवको आइतबार दिउँसो मात्र पहिचान भएको हो। महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको रात्रीकालिन बस र दाङ जाँदै गरेको लु ८ प ८४७५ नम्बरको मोटरसाइकल आपसमा ठोक्‍किएका थिए।

तीब्र गतिमा रहेको बस र मोटरसाइकल ठोक्‍किँदा मोटरसाइकलको ट्यांकी विष्फोट भएर आगो लागेको हुनसक्ने इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले बताए।  दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मैनालीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.