पोखरामा पर्यटकले मनाए असार १५ (तस्बिर)

पोखरामा पर्यटकले मनाए असार १५ (तस्बिर)

पोखरा : पोखरामा पर्यटकले धान रोपेर, हिलो खेलेर असार १५ मनाएका छन्। पर्यटकलाई नेपाली परम्परागत रुपमा धान रोप्न, हलो जोत्न र मोहीलगाउन प्रत्यक्ष सहभागी गराउँदै हिलो खेलाउने उद्देश्यले असारे रोपाईं महोत्सवको आयोजना गरिएको थियो। कृषि पर्यटनको माध्यमबाट पोखरामा पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले यहाँ १६ औं असारे रोपाईं महोत्सव पोखराको बिरौटा फाँटमा भएको छ। 

पोखराका पर्यटन व्यवसायीको छाता संगठन पोखरा पर्यटन परिषदले विगत १५ वर्षदेखि परम्परागत नेपाली रोपाईको माध्यमबाट पर्यटकको बसाई लम्ब्याउन असारे रोपाई महोत्सव गर्दै आएको परिषदका महासचिव डिलप्रसाद गौतमले बताए। 

आन्तरिक तथा बाह्यि पर्यटकले पञ्चेबाजाको तालमा खेतमै नाचे, रंग रमाइलोका साथ दही च्यूरा खाएर रोपाईं महोत्सव मनाएका हुन्।  पोखरामा हुने रोपाईं महोत्सवमा सहभागी हुन विभिन्न देशका विश्वविद्यालयका विद्यार्थी प्नि आउने गरेका छन्। बिगत ३ वर्षदेखि अमेरिकाको रोट्डम युर्निभरसिटीबाट असारे महोत्सवमा सहभागी हुन विद्यार्थी आउने गरेका छन्। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.