कृषिलाई पर्यटनसँग जोड्न फेवा फाँटमा दाइँ महोत्सव

कृषिलाई पर्यटनसँग जोड्न फेवा फाँटमा दाइँ महोत्सव
सुन्नुहोस्

पोखरा : फेवा फाँटमा आइतबार दाइँ महोत्सव भएको छ। पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सव भएको स्थलनजिकै मर्गीस्थित फाँटमा प्रथम दाइँ महोत्सवको आयोजना भएको हो। अन्यत्र दाइँ गरेर धान भिœयाइसकेको समयमा फेवा फाँटमा दाइँ महोत्सव भएको हो। फेवा फाँट जेठो बुढो धानका लागि पकेट क्षेत्र मानिन्छ। 

दाइँ महोत्सवमा ११ गोरु लगाएर दाइँ गरिएको थियो। दाइँ महोत्सवमा विभिन्न देशका १५ विदेशी पर्यटक, विद्यार्थीलगायतको सहभागिता रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए। पोखरा २३ जेठो बुढो धान, कोदोलगायतका खाद्यान्नका लागि पकेट क्षेत्र मानिन्छ। कृषिलाई पर्यटनसँग जोड्न दाइँ महोत्सवको आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पहारीले बताए। नेपाली परम्परागत कृषि प्रणालीलाई पर्यटक मात्र होइन नयाँ पुस्तालाई पनि जानकारी दिने उद्देश्यले पनि असारमा रोपाइँ महोत्सव जस्तै गरी दाइँ महोत्सवको आयोजना गरिएको उनले सुनाए। 

पछिल्लो समयमा फेवा सिमसार लगायतका धान खेतीका लागि उर्वर दलदल भूमि पुरेर प्लटिङ भइरहेको छ। यही अवस्थामा कृषिबाटै पनि आत्मनिर्भर हुन सकिन्छ भन्ने सन्देश दिन महोत्सवको आयोजना गरिएको आयोजक संस्थाले जनाएका छन्। पर्यटकको बसाइँ लम्ब्याउन पनि यस्ता महोत्सव महŒवपूर्ण हुने भएकाले दाइँ महोत्सव आयोजना गरिएको आयोजक पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले बताए। 

दाइँ महोत्सवलाई आगामी वर्ष पनि निरन्तरता दिने आयोजकले जनाएका छन्। आगामी वर्ष भने मंसिरको अन्तिम सातादेखि पुस महिनाको मध्यभित्रै दाइँ महोत्सव आयोजना गरिने परिषद्ले जनाएको छ।  

गवारो किराले धान उत्पादन घट्यो 

फेवा फाँटमा यस वर्ष गवारो किराले धान उत्पादन घटेको छ। फेवा सिरानको फाँटको करिब हजार रोपनी क्षेत्रफलमा लगाइएको धानलाई गवारो किराले असर पु¥याएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमख मनहर कडरियाले बताए।

गवारो किराका कारण फेवा फाँटको मार्गीको कुनै भागको धान उत्पादन शून्य भएर धान नकाटी आगोसमेत लगाउन परेको किसान राधादेवी लामिछानेले बताइन्। दाइँ महोत्सव भएको खेतमा पोहोर ८० मुरी उत्पादन भएकोमा यस वर्ष ३० मुरी मात्र धान फलेको जग्गाधनी फबेन्द्र गुरुङले बताए। 

पोखराको फेवा फाँटका गवारो किराले धान उत्पादन घटे पनि अन्यत्र लगाइएको हाइब्रिड धान उत्पादन राम्रो भएकोले समग्रमा धान उत्पादन पोहोरको बराबर नै भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जनाए।

‘समग्रका धान उत्पादन गत वर्ष जति कै’

पोखरामा ११ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। पोखरामा यस वर्ष जेठो बुढो धान उत्पादन घटे पनि समग्रमा गत वर्ष जति नै धान उत्पादन भएको पोखरा महानगरपालिका कृषि महाशाखाले जनाएको छ। 

पोखरामा गत वर्ष ४० हजारटन धान उत्पादन भएको र यस वर्ष पनि उतिकै हाराहारीमा धान उत्पादन भएको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिए। 

पोखरामा धान उत्पादनको कुल क्षेत्रफलको ४० प्रतिशत क्षेत्र लगभग ४५ सय हेक्टरमा जेठो बुढो धान खेती हुने गरेको र बाँकी अन्य जातका धान रोप्ने गरेको पनि कृषि महाशाखा प्रमुख कडरियाले बताए। पोखरा महानगरको ग्रामिण क्षेत्रमा अझै पनि गोरुले जोतेर खेती गरिन्छ। 

पोखरा महानगरपालिकाले वास्तविक किसानले राहात पाउन् भन्ने उद्देश्यले हलगोरु पाल्ने किसानलाई प्रति हलगोरु १० हजार रुपैयाँ प्रोत्साहान रकम दिने निर्णय गरेको छ। महानगरपालिका कृषि महाशाखामा ६ सय किसानले हलगोरु पालेको भन्दै आवेदन दिएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.