६१ लाख ठगी गरेको आरोपमा प्रधानध्यापक पक्राउ

६१ लाख ठगी गरेको आरोपमा प्रधानध्यापक पक्राउ

सिमरा : आफू कार्यरत विद्यालयमा जागिर लगाइदिन्छु भन्दै ६१ लाख भन्दा बढी रकम ठगी गर्ने एक प्रधानध्यापकलाई इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरेको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका ८ स्थित सामुदायिक प्राथमिक विद्यालय सगरदिनाका प्रधानध्यापक ४३ वर्षीय अनिल ठाकुरलाई प्रहरीले ६१ लाख १४ हजार पाँच सय रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

ठाकुर रौतहट माधवनारायण नगरपालिका–६ घर भइ हाल वीरगन्ज महानगरपालिका ३२ विद्यानगरटोलमा बस्दैआएका थिए । आफू प्रधानध्यापक रहेको विद्यालयमा शिक्षकको जागिर लगाइदिने भन्दै ठाकुरले २० जना व्यक्तिबाट प्रतिव्यक्ति दुई लाखदेखि पाँच लाखसम्म ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । दुई वर्षदेखि विभिन्न व्यक्तिसँग रकम लिँदैआएका ठाकुरमाथि पीडितले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

रकम लिएका व्यक्तिलाई जागिर लगाउन नसकेपछि ठाकुर पछिल्लो समय रकम नभएको बैंकको चेक पीडितलाई दिएर लुकिछिपी बस्दैआएका थिए । जाहेरीका आधारमा ठाकुरलाई खोजी गर्ने क्रममा जीतपुरबाट पक्राउ गरी कारवाही थालिएको प्रहरी नायब उपरीक्षक पुरीले बताएका छन् ।

ठाकुरले आफूमाथि लागेको आरोप प्रारम्भिक बयानका क्रममा स्विकारेको र उनलाई ठगी मुद्दामा बारा जिल्ला अदालतबाट सात दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.