४ लाख घुससहित इन्जिनियर पक्राउ
पोखरा : खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईन्जिनियर वसीअख्तर महोम्मद मियाँ ४ लाख ५५ हजार रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराबाट खटिएको टोलीले मंगलबार मियालाई पक्राउ गरेको हो।
बिरुवा गाउँपालिका–८ मा सञ्चालित छत्रे खानेपानी उपभोक्ता समितिको योजनाबाट रकम लिएका मियाँलाई रोशन खड्काको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका मियाँलाई
अनुसन्धानपछि कारबाही गरिने अख्तियार कार्यालयले जनाएको छ।रौतहट जिल्ला घर भएका मियाँ झण्डै डेढ दशकदेखि स्याङ्जाको खानेपानी कार्यालयमा कार्यारत छन् ।
प्रतिक्रिया दिनुहोस !