हेलिकप्टरबाट सुत्केरी र नवजात शिशुको उद्धार

हेलिकप्टरबाट सुत्केरी र नवजात शिशुको  उद्धार

बागलुङ : जिल्लाको ढोरपाटन नगरपालिकाकी एक सुत्केरी आमा र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।  ढोरपाटन नगरपालिका- ९ मर्माका टेकबहादुर विककी २१ वर्षीया श्रीमती कोपिलाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रिया गरी प्रसूति गराइएको थियो।

तर, बच्चा र आमा दुवैको स्वास्थ्यमा थप समस्या देखिएपछि ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको विशेष पहलमा हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको छ। 

सुत्केरी व्यथा लागेर प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएकी विकको भिडियो एक्सरेमा गर्भमा रहेको बच्चाको मुटुको धड्कन निकै कम देखिएकाले तत्काल शल्यक्रिया गरिएको थियो। शल्यक्रियापश्चात प्रसूति गराउन सफल भएपनि बच्चाको स्वास्थ्यमा सुधार नभएपछि रिफर गर्नु परेको स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. कृष्णहरी श्रेष्ठले जानकारी दिए।

बच्चाको श्वासप्रश्वासमा समस्या देखिएकाले एनआईसीयूको आवश्यकता भएको र धेरै रक्तश्रावका कारण आमाको स्वास्थ्य पनि जोखिममा भएकाले स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएको डा.श्रेष्ठले बताए। ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालीले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय सँगको समन्वयमा सुत्केरी आमा र बच्चाको थप उपचारका लागि निशुल्क हेलिकप्टरको व्यवस्था गरी आकस्मिक उद्धार गर्न सम्भव भएको डाक्टर श्रेष्ठले बताए।

मंगलबार अपरान्ह ४ बजेको समयमा प्रभु कम्पनीको हेलीकप्टरमार्फत उद्धार गरिएको थियो। नगर प्रमुख नेपालीले आमा र बच्चाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा सहयोग पुर्‍याउन नगद रकम समेत सहयोग गरेको विकका श्रीमान टेकबहादुरले बताए।

सुत्केरी विक र उनका बच्चालाई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरिएको र थप उपचार भइरहेको डा. दिलिप कोजुले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.