मुगुमा एक सुत्केरीको मृत्यु
मुगु : कार्मारोङ्ग गाँउपालिका–१ चिताई गाँउकी एक सुत्केरी महिलाको मृत्यु भएको छ। बच्चा जन्माए पनि साल अड्कीएपछि मंगलबार ३५ वर्षे पासाङ फुटिक तामाङको मृत्यु भएको हो।
तामाङले सोमबार आप्mनै घरमा छोरा जन्माएकी थिइन्। बच्चा जन्माइसकेपछि साल नझरेको र धेरै रगत बगेपछि उनको मृत्य भएको प्रहरीले जनाएको छ। गाउँमा स्वास्थ्यकर्मी नहुँदा स्थानीय महिलाले उनलाई सुत्केरी गराएका थिए। आमाको मृत्यु भएपछि जिवित नवजात शिशुको बिचल्ली भएको छ। मृतक सुत्केरी तामाङका अन्य तीन सन्तान पनि छन्।
स्थानीयहरु यो गाउँबाट स्वास्थ्य सेवा लिन एक दिन टाढा डोल्फु गाउँ जानुपर्छ। स्वास्थ्य संस्था एकदिन टाढा भएपनि त्यहाँ स्वास्थ्यकर्मी छैनन। उपचार गराउन अन्य ठाउँ लैजान गाँउमा पुरुषहरु पनि छैनन्। सबै पुरुषहरु यार्सा संकलन गर्न पाटनतिर गएका छन्।
प्रतिक्रिया दिनुहोस !